
काठमाण्डु – नेकपा एमालेको बेलौरी नगरपालिकाको मेयरका लागि कमला बोहराको नाम सिफारिस गरिएको छ । बैलौरी नगर कमिटीको बैठकले मेयर पदमा आकांक्षा व्यक्त गरेकी उनको नाम जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो ।
उनीसँगै अन्य आठ जनाको नाम सिफारिस गरिएको छ । जसमा एमाले केन्द्रीय सदस्य तथा कञ्चनपुर सह इन्चार्जसमेत रहेकी बोहरा, जिल्ला कमिटी सचिव पल्लवराज भट्ट, करमशाही राना, टेकबहादुर साउँद, राधाकृष्ण जोशी (ज्वाला), रामबहादुर स्वर्णकार, चित्रा चौधरी र हिरासिंह बिष्टको नाम सिफारिस गरिएको छ ।


उपमेयरमा भने ६ जनाको नाम सिफारिस भएको छ । जसमा जोगाराम चौधरी, शान्ति चौधरी, कोपिला चौधरी, कमला चौधरी, दुर्गा खरेल र सिटाली चौधरीको नाम जिल्ला कमिटीमा पठाइएको हो ।
(स्रोत : kathmandupati.com)
