Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दमकमा ओलीलाई झड्का, बिग्रियो एमाले–राप्रपा सम्बन्ध

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २८, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमाले र राप्रपाबीच चुनावी गठबन्धन बनाउने कसरत भइरहेका बेला दुई पार्टीको सम्बन्धमा नयाँ ‘ट्विस्ट’ आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एउटै चिन्हमा चुनाव लड्ने गरी सहकार्य अगाडि बढाएपछि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाचाहिँ एमालेसँग टाढिएको छ ।

कमल थापा र केपी ओलीको निकटताको सोझो असर एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहनगर दमक नगरपालिकाको चुनावमा पर्ने देखिएको छ । दमकमा राप्रपाले शनिबार शक्ति प्रदर्शनसहित राम थापालाई मेयरको उम्मेदवार घोषणा गरेको छ । थापालाई नेपाली काँग्रेसले समेत सघाउने वचन दिएका कारण एमालेमाथि चर्को दबावमा पर्ने देखिएको छ ।

०७४ को संघीय चुनाबमा यहाँबाट राप्रपाले केपी ओलीलाई सघाएको थियो । यसपटक राप्रपाले मेयरमा आफूलाई सहयोग गर्न माग गरेको थियो । तर, ओलीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँगको सहकार्यलाई भन्दा कमल थापासँगको सहकार्य अगाडि बढाएपछि दमकको चुनावमा एमाले र राप्रपाबीच प्रतिस्पर्धा हुने स्थिति आएको हो ।

०७४ को चुनावमा एमालेका रोमनाथ ओलीले मेयरमा जित्दै गर्दा राप्रपाका राम थापा दोस्रो स्थानमा थिए । यसपटक थापा काँग्रेस र माओवादीको समेत साथ लिएर मेयर बन्ने रणनीतिमा लागेका छन् ।

एमाले निकट स्रोतका अनुसार यसपटक पनि ओलीले राप्रपाका राम थापासँग सहकार्य गर्न चाहेका थिए । मेयरमा एमालेलाई सघाएमा थापालाई आगामी चुनावमा प्रदेश सभामा सघाउन सकिने ओलीले संकेत गरेका थिए । तर, थापाले मेयरको दाबी नछाडेपछि एमालेसँगको सहकार्य हुन नसकेको हो ।

केपी ओलीकै गृह नगरमा मेयर अर्को दललाई दिने हो भने राम्रो सन्देश नजाने भन्दै एमालेले दमकमा राप्रपालाई साथ दिन इन्कार गरेको हो । राप्रपासँग तालमेलको सम्भावना टरेपछि एमालेले उपमेयर गीता अधिकारीसहित ३ जनाको मेयरको उम्मदेवारका रुपमा सिफारिस गरेको छ । यस्तै प्रदेशसदस्य अम्बिका खनाल र होम थापालाई पनि एमालेले मेयरको उम्मेदवारमा सिफारिस गरेको छ । एमालेले हालका प्रमुख रोमनाथ ओलीलाई भने सिफारिस गरेको छैन । उपमेयरमा एमालेले इन्द्र भण्डारी, लीला दाहाल र निर्मला पाठकलाई सिफारिस गरेको छ ।

 

यो पनि।।।

ओलीको गृहनगर दमकमा एमालेका उम्मेदवार सिफारिस
​
राप्रपाले भने उपमेयर काँग्रेसलाई दिने गरी गठबन्धन बनाउन लागेको स्रोतले बतायो । काँग्रेसलाई उपमेयरसहित केही वडा दिने र माओवादीलाई पनि केही वडाहरु दिइने राप्रपा नेता बताउँछन् । तर, माओवादीका गगन पुरीले आफू मेयरमा उठ्ने दाबी छाडिसकेका छैनन् ।

त्यसो त ०७४ को चुनावमा झापा क्षेत्र नम्बर ३ मा भएको राप्रपा–एमाले सहकार्य पनि लगभग टुटिसकेको छ । केपी ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई झापा क्षेत्र नम्बर ३ मा चुनावी तयारी गर्न भनिसकेका छन् । प्रसाई झापा ३ मा राजेन्द्र लिङदेनकै ठाउँमा एमालेको उम्मेवार बन्ने भएपछि आगामी संघीय चुनावमा पनि झापामा एमाले–राप्रपा सहकार्यको सम्भावना टाढिएको हो ।

यो पनि।।।
कृष्ण सिटौला र राजेन्द्र लिङ्देनको क्षेत्रमा एमालेबाट दुर्गा प्रसाईं भिड्ने १
​हृदयेश त्रिपाठीको मोडेलमा केपी ओलीसँग मिल्दै कमल थापा
राप्रपा नेपालले गत संसदीय चुनावमा हृदयेश त्रिपाठीको समूहले स्वतन्त्र रुपमा एमालेको चुनाव चिन्हबाट चुनाव लडेजस्तै गरी एमालेसँग मिलेर चुनाव लड्न चाहेको छ । ०७४ को चुनावमा हृदयेश त्रिपाठी र बृजेश गुप्ता सूर्य चिन्हबाटै चुनाव लडेर विजयी भएका थिए । प्रदेशसभामा पनि त्रिपाठी समूहका २ जना त्यसैगरी विजयी भएका थिए ।

 

अहिले कमल थापाले राप्रपाकै अस्तित्व कायम रहनेगरी एमालेको चुनाव चिन्हबाट चुनाव लड्नेगरी छलफल अघि बढाएका हुन् । राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले दुई पार्टीबीच तालमेलका लागि छलफल चलिरहेको बताए । दुई पक्षबीचको छलफललाई केही दिनमै पूर्णता दिने गरी अघि बढिएको उनको भनाइ छ ।

कमल थापाले चुनावी घोषणापत्र सार्वजनिक समारोहमा शुक्रबार आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका थिए । निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको बताएका थिए ।

 

( Source : ratopati.com )

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३
कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव
राजनीति

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व