Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ब्रत उपवास किन र कसरी बस्ने ? – जान्नैपर्ने कुराहरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २६, २०७८
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

सम्पूर्ण भोजन छाडेर केवल स्वच्छ पानी आवश्यकताअनुसार पिएर केही समय वा केही दिनसम्म आरामपूर्वक आफ्नो नजिक रहनुलाई ‘उपवास’ भनिन्छ । खान नपाएर हुने भोकमरी र स्वेच्छाले खान छाड्ने उपवासमा फरक छ, त्यो के भने यदि व्यक्ति भोकमरीमा परेको छ भने एकातर्फ ऊ शारीरिक तथा मानसिक रुपमा तनावले भरिएको हुन्छ, अर्काेतर्फ शरीरभित्र रहेको विभिन्न मल निष्कासनका लागि कुनै विधि नअपनाउनाले उसको शरीरमा विजातीय तत्व जम्मा भएर बसिरहन्छ । ती तत्वबाट उल्टै विषालु तत्व उत्पन्न हुन थाल्छन् र व्यक्ति छिटो मर्न सक्छ ।

उपवास अवस्थामा भने व्यक्तिमा कुनै तनाव नभई आफू स्वस्थ हुन लागेको सम्झी मानसिक रुपमा प्रफुल्ल हुन्छ । र, शरीरभित्र संकलित मल विभिन्न विधि अपनाई बाहिर फ्याँकिन्छ, जसले गर्दा शारीरिक तथा मानसिक स्फूर्ति प्राप्त हुन्छ ।

किन बस्ने उपवास ?

 

 

उपवास बस्नु भनेको स्व–इच्छाले केही नखाएर वा पानी मात्र पिएर पाचन प्रणालीलाई आराम दिने प्रक्रिया वा शरीर शुद्ध पार्ने प्रक्रिया हो । उपवास बसेको बेला शरीर खाना पचाउने कामबाट मुक्त हुन्छ र शरीरलाई यही मौका छोपेर शुद्ध गर्नतर्फ लाग्छ । निरन्तर खाना खाइरहेको बखत शरीरले पूर्ण शुद्ध पार्न सकिरहेको हुँदैन र विकारहरु जम्मा भइरहने सम्भावना हुने हुँदा उपवास बसेको बखत सबै विकारहरु नष्ट गर्ने अवस्था आउँछ ।

उपवास बस्दा एक घण्टामा एक गिलासका दरले पानी पिउने, सादा पानीमा मात्र बस्न नसके कागती, मह, अमला पानी वा सुन्तलाको रस पिएर बस्नु ठिक हुन्छ । त्यसमा पनि बस्न नसके फलफूल खाएर बस्ने तर उपवास हप्ताको एकदिन बस्ने, सक्दै नसके कम्तीमा १५ दिनमा एकपटक बस्दा राम्रो हुन्छ । उपवासले शरीर शुद्ध बनाउँछ, पाचन अंगलाई आराम दिन्छ, तौल घटाउन मद्दत गर्छ । साथै, असामान्य जैविक क्रियालाई पुनः सामान्य र ताजगी बनाउँछ र रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ ।

उपवास बस्नाले पाचन प्रणालीका आमाशय, भोजननली, कलेजो, प्याङ्क्रियाज आदिलाई विश्राम मिल्छ र शरीरले अन्य भागको शुद्धीकरण गर्न थाल्छ । शारीरिक, मानसिक तथा आध्यात्मिक लाभका लागि उपवास गर्नाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतासमेत बढ्छ । पेट अन्नले भरिएको समयमा रक्तसञ्चार अत्यधिक रुपमा पेटतर्फ नै हुने र शरीरका अरु भागलाई रक्तसञ्चारले त्यति प्राथमिकता नदिने भएकोले मस्तिष्कलगायत शरीरका सबै अंगमा ऊर्जा कम हुन्छ ।

उता उपवासको समयमा रगतमा चिनीको मात्रा कम हुन्छ वा सन्तुलित हुन्छ । पेटको अनावश्यक भार कम हुँदा रक्तसञ्चार शरीरका सबै अंगमा हुन पुग्छ र शरीर शुद्ध हुन्छ । उपवासका समयमा सात्विक आहारको प्रयोग हुँदा मन पनि सात्विक हुन्छ । यसका साथै मानसिक दुर्बलता, डिप्रेशन, चिन्ता आदि जस्ता रोग पनि उपवासबाट साम्य हुन्छन् । र, व्यक्तिमा नवीनता, स्फूर्ति तथा आनन्दको अनुभूति हुन थाल्छ ।

वास्तवमा हामीले खाना खाएको केही घण्टादेखि पाचन भएर खानाबाट पौष्टिक तत्व अवशोषण भई रगतमा जान्छ । यस अवस्थामा रगतमा सुगरको तह उच्च हुन्छ र ईन्सुलिनको उत्पादन अधिकतम हुन्छ । यसले रगतमा भएको सुगरलाई कोषसम्म पु¥याउने काम गर्छ । बाँकी बढी भएको सुगर कलेजो र मांसपेशीमा ग्लाइकोजिनको रुपमा सञ्चित हुन्छ । शरीरलाई सुगर आवश्यक भएको बेला ग्लाइकोजिनबाट सुगर बनेर आपूर्ति हुन्छ । यसरी खाना खाएको ३÷४ घण्टाको वरपरसम्म प्रारम्भिक उपवासको चरण आउँछ र यो लगभग खाना खाएपछिको १८ घण्टासम्म जारी रहन्छ । यस १८ घण्टासम्मको चरणमा रगतमा सुगर र ईन्सुलिनको तह घट्न थाल्छ । किनकि शरीरले ग्लाइकोजिनलाई ग्लुकोजमा परिणत गरी शक्तिको लागि प्रयोगमा ल्याउँछ । यो चरणको अन्ततिर कलेजोमा सञ्चित रहेको ग्लाइकोजिनको भण्डार बिस्तारै कम हुन थाल्छ र शरीरले शक्तिको अर्को स्रोतको खोजी गर्न थाल्छ । अनि विशेष प्रक्रियाबाट चिल्लोका कोषहरुबाट ट्राइग्लिसराईड ससाना अणुमा टुक्रिन थाल्छ र शक्तिको वैकल्पिक स्रोतका रुपमा प्रयोग हुन थाल्छ ।

यसका साथै शरीरले प्रोटिनलाई एमिनो एसिडमा परिणत गरी शक्तिको लागि प्रयोग गर्छ । यो प्रक्रिया सबैभन्दा बढी अनियमित उपवास वा १६÷८ विधि अर्थात् १६ घण्टा केही नखाने र ८ घण्टा मात्र खाने विधिमा हुन्छ । यस विधिबाट शरीरमा सञ्चित क्यालोरीसमेत खपत भई शारीरिक स्फूर्ति आउने र मोटोपन कम हुने प्रक्रिया सुरु हुन्छ ।

 

 

कसरी बस्ने उपवास ?

नेपाली संस्कृतिमा परम्पराकालदेखि उपवास बस्ने चलन चल्दै आएको छ । जानेर वा नजानेर उपवास बस्ने चालचलन अहिले आएर वैज्ञानिक रुपमा उपर्युक्त सावित भएको छ । व्यक्ति शारीरिक र मानसिक रुपमा स्वस्थ रहने हो भने वास्तवमा हप्तामा उक दिन भएपनि उपवास बस्नाले अधिकांश शारीरिक समस्याहरु समाधान भएर जाने परिणाम देखिएको छ ।

उपवास बस्ने विभिन्न विधि छन् । तीमध्ये आफूलाई जुन विधि सहज हुन्छ, त्यो विधि अपनाएर उपवास बस्ने प्रचलनलाई निरन्तरता दिनु जरुरी छ । अहिले पनि केही व्यक्ति धार्मिक आस्थाका कारण एकादशी, पूर्णिमा, विशेष चाडपर्व वा कुनै बारमा उपवास बस्ने गर्ने गरेको देखिन्छ । जे जसरी उपवास बसे पनि त्यो व्यवहारले शरीरलाई फाईदा पुर्याएकै देखिन्छ ।

उपवासका विभिन्न तरिकामध्ये अनियमित उपवास भन्नाले ‘वान मिल अ डे’ अर्थात् दिनमा एकपटक मात्र खानु भन्ने बुझिन्छ । यो तौल घटाउने सबैभन्दा राम्रो उपाय हो । दिनमा धेरैपटक खानु, दिनभर खानु, प्रत्येक दिन खाइरहनुभन्दा उपवास बस्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । अनियमित खालको उपवासले शरीरमा जैविक रसायनबीच समन्वय कायम भई मानसिक, संवेगात्मक र शारीरिक फाईदा पाउन सकिन्छ । उपवाससँगै दिनमा एकपटक वा दुईपटक ध्यानमा बस्न सकेमा थप फाइदा हुन्छ । यसरी आफूले खाना खाने ढाँचाको साईकलमा खाना खाने र उपवास गर्नेबीचको समयावधिलाई नै वास्तवमा अनियमित उपवास भनिन्छ । यो खालको उपवास बस्ने प्रचलन परम्पराकालदेखि नै चल्दै आएको देखिन्छ र हाल उपवास बस्नेहरुले पनि यो तरिका अपनाउने गरेको पाईन्छ, जुन सबैभन्दा राम्रो हुन्छ ।

यदि १८ घण्टापछि २ दिनसम्मको उपवास गरिन्छ भने यस अवस्थामा सञ्चित भएर रहेको ग्लाइकोजिन समाप्त हुन्छ । त्यसपछि शरीरले भण्डार गरेको प्रोटिन र चिल्लो पदार्थ टुक्र्याएर शक्तिको लागि प्रयोग गर्छ । परिणामस्वरुप केटोन बोडिजको उत्पादन हुन्छ । यो शरीरले चिल्लोलाई ऊर्जाको ईन्धनमा परिणत गर्दाको जटिल उत्पादन हो । यसमा शरीरले केटोसिस् प्रक्रियामा परिणत गरी शक्तिको प्रारम्भिक स्रोतको आपूर्ति गर्दछ । केटोसिस् प्रक्रिया उपवासमा प्रवेश हुनासाथ तुरुन्तै हुने होइन, पछिमात्र हुने प्रक्रिया हो । केटोसिस् अवस्थाका चिन्हमा भोक नलाग्नु, तौल घट्नु, थकाइ लाग्नु, श्वासप्रश्वासमा नराम्रो गन्ध आउनु, रगत, श्वास तथा पिसाबमा केटोन बोडिजको तह बढ्नु आदि लक्षण देखा पर्छन् । यसरी २ दिन वा २४ घण्टासम्म उपवास बसेमा मात्र केटोसिस्को अवस्था आउन सक्छ । तर यसपछि हुने केटोएसिडोसिस्को प्रक्रिया भने निकै खतरनाक अवस्था हो, जहाँ रगत अम्लमा परिणत हुन्छ र यो अवस्था प्रायः विभिन्न रोग लाग्दा, संक्रमण हुँदा, मधुमेह रोगको राम्रो व्यवस्थापन गर्न नसक्दा आउन सक्छ ।

यदि यो भन्दा लामो समय वा ४८ घण्टासम्म पनि उपवास बसियो भने त्यो अवस्थालाई लामो समयको उपवास वा भोकमरीको अवस्था भनिन्छ । यतिबेला ईन्सुलिनको तह घटेर केटोन बोडी बढ्न सक्छ । यस अवस्थामा मृगौलाले विशेष प्रक्रियाबाट सुगर बनाउने काम गर्दछ, जसले मस्तिष्कलाई मात्र ईन्धन आपूर्ति गर्दछ । सँगसँगै मस्तिष्कलाई बचाउन केटोन बोडिजले समेत काम गर्दछ । यो किसिमको उपवास हानीकारक हुने भएकाले विज्ञसँगको परामर्शबाट मात्र बस्नुपर्छ । त्यस्तै उपवासबाट छुट्ने बित्तिकै कहिल्यै पनि भारी खाना नखाने, कडा खाना नखाने, पीरो चिल्लो नखाने बरु सामान्य लिटो, जाउलो, गिलो खाना र तरल पदार्थ बढी मात्रामा खाने गर्नुपर्छ । त्यसपछि मात्र ठोस खानामा जानुपर्छ ।

 

 

उपवासका फाइदा

कतिपय अवस्थामा उपवास चिकित्सा विधि पनि अम्लपित्तलगायत अन्य विभिन्न रोगको लागि उपयुक्त हुन सक्छ । उपवास विधिले पित्त दोषबाट उत्पन्न हुने समस्या, आन्द्रासम्बन्धी समस्या, छालाको समस्या, जोर्नी दुखाई, बाथ रोग, दम, कब्जियत, मधुमेह तथा ज्वरोमा पनि फाइदा गर्छ । तर यसको लागि चिकित्सकको परामर्श लिई उपवासका नियमहरु अपनाई गर्न सकिन्छ । अन्यथा झन् खराब अवस्था उत्पन्न हुने सम्भावना पनि रहन्छ । विभिन्न रोगबाट बच्न र बुढ्यौलीमा समेत स्वस्थ रहन उपवास बस्नु फाइदाजनक हुने विभिन्न अध्ययनहरुको निष्कर्ष रहेको छ । अन्तमा, उपवास बस्नुका अन्य फाईदाबारे बुँदागत रुपमा दिइएको छः

– उपवास बस्नाले ‘फुड एडिक्सन’ अर्थात् खाना खाने आदत तोडिन्छ अथवा बढी खाना खाइरहँदा हुने असजिलोपन हट्छ ।

– खाना खाइरहँदा हुने बढी तौल घटाउन मद्धत पुग्छ ।

– उपवास बस्नाले हुन सक्ने सम्भावित स्वास्थ्य समस्या जस्तै आमाशयको (हायटल) हर्निया, अम्लपित्त, भोजननलीको सुजनलगायत पाचन प्रणालीका समस्या समाधान हुन्छन् ।

– अनियमित उपवासले मधुमेह, उच्च रक्तचाप, गम्भीर खालका छालाका रोग, शारीरिक तथा मानसिक रोगसमेत समाधान हुन्छन् ।

– शरीरको शुद्धिकरण हुने हुँदा शरीर फूर्तिलो हुन्छ र कुनै विकृति देखा पर्दैन ।

– डिप्रेसनजस्तो समस्या पनि उपवास बस्नाले समाधान हुन सक्छ । किनकि उपवासले नरइपिनेफ्रिन हर्मोन बढ्ने र मुड ताजा हुने भएकोले थप ऊर्जा प्राप्त हुन्छ ।

लेखक सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन्

(Source: ratopati.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व