Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले भने– ’हामीलाई साथ नदिए देश श्रीलंका र युक्रेन बन्छ’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २५, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका राजनीतिक दलहरुबाट देश अघि बढ्न नसक्ने भन्दै एमाले, कांग्रेस र माओवादीलाई सत्तामा पु¥याए नेपाल श्रीलंका र युक्रेनको अवस्थामा पुग्ने बताए ।

 

‘अहिलेको राजनीतिक अवस्थाबाट कोही पनि सन्तुष्ट छैन । सत्तामा बस्ने केही नेताहरु बाहेक कांग्रेस, एमाले र माओवादीकै कार्यकर्ताहरु पनि सुन्तुष्ट छैनन्’ अध्यक्ष लिङ्देनले भने, ‘कांग्रेस, एमाले र माओवादीका देश बनाउँ भन्ने कार्यकर्ताहरुलाई देशको अवस्था देखेर राति ऐठन हुने गरेको छ ।’

 

उनले २०६२–०६३ मा राप्रपाका कार्यकर्ताहरु आफ्नो एजेण्डाको कारण सामाजिक बहिस्करणमा परे पनि अहिले त्यो विचारसहित प्रमाणित भएको दाबी गरे । उनले कांग्रेस, एमाले र माओवादीले केही गर्छन् भनेर लाग्नु साँढेले दूध दिन्छ भनेर ठान्नु जस्तै भएको बताए । खुलामञ्चमा आयोजित सभामा लिङ्देनले २०६२–०६३ सालमा परिवर्तनका एजेण्डाहरु असफल भएको पनि जिकिर गरे ।

 

 

त्यस्तै एमाले, कांग्रेस र माओवादी शासकीय रुपमा पनि असफल भएको भन्दै राप्रपा त्यसको विकल्प भएको उनको दाबी थियो । ‘साँढेको टाँगमुनि भाँडो थापेर दूध आउँदैन । एमाले कांग्रेस र माओवादीलाई भेट दिनु पनि त्यस्तै हो । बाल्टी थाप्नेलाई पनि दुख हुन्छ’ लिङ्देनले भने, ‘पार्टीहरु बाँझो भैसकेका छन् कति वर्ष थपिदियो भने पनि उनीहरूले केही गर्दैनन् ।’

 

 

लिङ्देनले राप्रपालाई साथ नदिए देश श्रीलंका र युक्रेन बन्न सक्ने भन्दै चेतावनी दिएका थिए । ’ऋण लिएर देश चलाउने, अनुदान लिएर देश बनाउँछु भन्ने नेताहरुले देशलाई श्रीलंका बनाउँदैछन् । देश त्यही दिशामा गइरहेको छ । राजेन्द्र लिङ्देन भनेको होइन, अर्थशास्त्री र राष्ट्र बैंकले भनेको हो,’ लिङ्देनले भनेका थिए ।

 

 

देश कठिन अवस्थाबाट अघि बढेको भन्दै आर्थिक रुपमा पनि गम्भीर संकट उत्पन्न भएको बताए । यस्तै कांग्रेस, एमाले लगायत दलहरू समावेशी नभएको र ती दलहरूले परिवर्तन सम्भव नभएको उनले दाबी गरे ।

 

 

’देशमा जबर्जस्त संघीयता, धर्म निरपेक्षता स्वीकार गर्दा हामीलाई के भनिएको थियो । अहिले देशको अवस्था के छ ? संघीयता, धर्मनिरपेक्षता र संघीयता आएको १५–१७ वर्षको कुरा मात्रै होइन । २०४६ सालपछिको यो देश केही सीमित राजनीतिक दल र तिनका पनि सिमित नेताको मुठ्ठीमा कैद भएको छ,’ लिङ्देनले भने, ‘हामीले त्यसलाई अनुभूत गर्न र निर्णय गर्न सकेनौं भने असफल राष्ट्रको नियति भोग्ने छ ।’

(ekantipur.com बाट साभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३
कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव
राजनीति

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व