Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

टुकीकै सहारामा नगरबासी – नगरपालिका भित्रै छैन बिजुली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २४, २०७८
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नगरपालिका भन्नेबित्तिकै सबैको सोचमा आउँछ टोल र बस्ती जोड्ने फराकिला सडक, इन्टरनेटसँग सहज पहुँच, बस्तीभरि झिलिमिली बत्ती ! तर, बागलुङको ढोरपाटन नगरपालिकाको एउटा वडाका बासिन्दालाई भने नगरपालिकामा हुनु पर्ने यी आधारभुत सुविधा अहिलेसम्म ‘आकाशको फल, आँखा तरी मर झैं छ ।

नगरपालिकाभित्रैका बासिन्दा भएर पनि ढोरपाटन वडा नं. ६ का बासिन्दा अझै अँध्यारोमुनि नै छन् । गाउँमा बिजुली नपुग्दा अझै उनीहरु टुकी र लाल्टिनको सहारामा आफ्नो दैनिकी गुजारिरहेका छन् ।

 

बागलुङकै सबैभन्दा दुर्गम बस्ती मानिएको यो वडा ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र छ । यो बाग्लुङको माथिल्लो भेगको अन्तिम सीमाना वडा पनि हो । पूर्वमा म्याग्दी र उत्तरमा रुकुम पूर्वसँग जोडिएको बागलुङकै दुर्गममात्रै नभएर गरिबीग्रस्त क्षेत्र हो ।

ढोरपाटन नगरपालिका ६, का वडाध्यक्ष जीवनकुमार पुनमगर वडाको भण्डारी गाउँ र छ्यान्तुङ गाउँ पूरै अँध्यारोमै रहेको सुनाउँछन् । दुवै बस्ती गरेर ३ सय ३५ घरधुरी अहिलेसम्म बत्तीबिहीन छन् । ‘वडाका अन्य ठाउँका घरसमेत जोडेर ४ सयको हाराहारीमा बिजुली पुग्न सकेको छैन,’ उनी भन्छन् ।

 

प्रदेश सरकारको सहयोगमा माइक्रो हाइड्रो बनाउनेबारे छलफल भए पनि जनताले किनेर पनि बाल्न सक्ने अवस्था नरहेको वडाध्यक्ष पुनमगर सुनाउँछन् । ‘कुनै ठाउँमा बिजुली नै नपुगेर बाल्न सकिरहेका छैनन् । बाँकी कसैले मिटरको शुल्कसमेत तिर्न नसक्ने अवस्था छ,’ उनी भन्छन्, ‘त्यसैले हाम्रो वडाको ठूलो जनसंख्या अहिले पनि टुकीकै सहारामा छ ।’

गाउँमा बिजुली बत्ती नहुँदा विपत्कोबेला पनि पूरै बस्ती नै सम्पर्कविहीन हुनुपर्ने स्थिति छ । ‘बिजुली पुगे पो फोन हुन्छ, इन्टरनेट हुन्छ, वाइफाई होला ! अहिले त त्यहाँ केही पनि छैन । केही भइहाल्यो भने पनि थाहा हुनै गाह्रो स्थिति छ,’ उनी भन्छन् ।

सोलार भए पनि देउ

ढोरपाटनको भण्डारी गाउँ र छ्यान्तुङ गाउँलाई उज्यालो बनाउन तत्काललाई सोलार भए पनि उपलब्ध गराउन प्रदेश सरकारलाई उनले आग्रह गरेका छन् । ‘वडाबाट हामीले मागिरहेका छौं । सक्दो कोसिस गरिरहेका छौं,’ उनले भने ।

५ वर्षभित्र गण्डकी प्रदेशका सबै घरमा बिजुली बाल्ने गरी ‘उज्यालो प्रदेश’ घोषणा गर्ने नीतिसहित अघि बढिरहेको प्रदेशमा अझैसम्म बिजुलीका पोलसमेत नपुगेको ठाउँ ढोरपाटन मात्रै होइन । गोरखाको चुमनुब्री गाउँपालिका, नवलपुरको बौंदीकालिका, हुप्सेकोट, बुलिङटारलगायतका पालिकाका कतिपय ठाउँमा पनि उज्यालो पुग्न सकेको छैन ।

तर, ती पालिकाका कति घरधुरीमा बिजुली नपुगेको भन्नेबारे न त पालिकाले तथ्यांक राखेका छन् न प्रदेश सरकारले नै । गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य भन्छन्, ‘कुनै ठाउँमा साँच्चै बिजुली पुगेको छैन । तर, कुनै ठाउँमा सिजनल (अस्थायी) रुपमा घर बनाएर बस्ने भएकाले पनि वास्तविक तथ्यांक लिन गाह्रो भएको हो ।’

प्रदेश सरकारले ५ वर्षभित्र प्रदेश भरका करिब ७० हजार काठका पोल विस्थापन गर्ने लक्ष्य राखेको थियो । तर, चार वर्ष बितिसक्दासमेत अहिलेसम्म ३० हजारमात्रै सम्बन्धित स्थानीय तहलाई वितरण गरेको मन्त्रालयको तथ्यांक छ । चालु आर्थिक वर्षमा १ हजार ५०० थान स्टिल ट्युबलर पोल खरिद गर्ने गरी ठेक्का आह्वान गरेको भए पनि आवेदन नपरेको मन्त्रालयले जनाएको छ ।

यसै आर्थिक वर्षमा उज्यालो गण्डकी प्रदेश घोषणा हुने दाबी

गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले बिहीबार आफ्नो मन्त्रालयको दोस्रो चौमासिक प्रगति विवरण सार्वजनिक गरे । प्रगति विवरण सार्वजनिक कार्यक्रमले उनले चालु आर्थिक वर्षभित्र नै ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने प्रतिवद्धता जनाए ।

 

‘सके सबै ठाउँमा माइक्रो हाइड्रोबाट, नसके कम्तिमा जसरी हुन्छ लाल्टिन र टुकी बाल्ने अवस्थाबाट हामी प्रदेशवासीलाई मुक्त गर्छौं,’ मन्त्री आचार्यले भने, ‘प्रदेशका सम्पूर्ण घरधुरीमा कुनै न कुनै किसिमको विद्युत सुविधा पहुँच पु¥याएर भए पनि यही आर्थिक वर्षभित्र उज्यालो प्रदेश घोषणा गर्ने प्रतिबद्धता जाहेर गर्छु ।’

मन्त्री आचार्यले सार्वजनिक गरेको प्रगति विवरणअनुसार गण्डकीमा हालसम्म ९९ प्रतिशत घरधुरीमा विद्युत पहुँच पुगिसकेको छ । जसमध्ये ६ प्रतिशत नवीकरण ऊर्जा र ९२ प्रतिशत राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत जोडिएका हुन् ।

मन्त्री आचार्यका अनुसार मन्त्रालयले राष्ट्रिय प्रसारण लाइनसँग तत्काल जोडिने सम्भावना नभएका स्थानीय तहमा प्रदेशले ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिरहेको छ । ‘अहिलेसम्म प्रदेशभरका विभिन्न जिल्लाका ७ स्थानीय तहका १ हजार २०५ घरधुरीले यो सुविधा लिइसकेका छन्,’ उनले भने ।

(स्रोत : onlinekhabar.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान
मुख्य समाचार

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी
मुख्य समाचार

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

भदौ ८, २०८३
भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल
फ्ल्यास हेडिङ

भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भदौ ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व