Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेकपा एमालेको आचारसंहितामा आपत्ति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २३, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा आपत्ति जनाउँदै एमालेले कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । आचारसंहितामा संविधान र कानुनसँग मेल नखाने तथा अनुगमनको दायरामा ल्याउन नसकिने विषय राखिएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

 

आयोगले आचारसंहिता कार्यान्वयन प्रतिबद्धताका लागि मंगलबार सर्वदलीय बैठक बोलाएको थियो । पार्टीबाट प्रतिनिधित्व गरेका एमाले कानुन विभागका प्रमुख रमेश बडालले आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुअघि आफूहरूले केही विषय राख्न खोजेको मंगलबारको बैठकमा वातावरण नबनेको बताए ।

 

स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालबाट मत माग्न नहुने, गैरसरकारी संस्था (एनजीओ) मा कार्यरतले मत माग्न नपाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवार हुनुपहिला राजीनामा दिनुपर्ने, मतपत्रको रङ जस्ता विषयमा धारणा राख्न चाहेको बडालको भनाइ छ ।

 

‘सामाजिक सञ्जाल प्रयोग गर्न पाइँदैन भनिएको छ । हामी देशभरि फेसबुक मनिटर गर्न सक्छौं ? एनजीओमा काम गर्नेलाई भोट माग्न रोक लगाइएको छ । क्लबहरू एनजीओ होइनन् ?’ उनले भने ।

 

आयोगले कार्यान्वयन प्रतिबद्धता मागेको आचारसंहितामा उम्मेदवारी दर्ता गर्नुपहिले स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने उल्लेख छ । ‘आयोगले जनप्रतिनिधिले राजीनामा दिनुपर्ने कुरा ऐनमा छ भनेर स्पष्टीकरण दिएको छ ।

 

हामीले पहिलेदेखि त्यो राख्नु हुँदैन भनेका थियौं । अदालतले अन्तरिम आदेश दिएपछि आयोगले अदालतको सम्मान गर्दै त्यसलाई झिकेर फालिदिए हुन्छ । त्यो त आयोगको निर्णय हो,’ बडालले भने ।

 

उम्मेदवार दर्ताका लागि दुई दिन समय दिएकामा पनि एमालेको असन्तुष्टि छ । आयोगले वैशाख ११ र १२ मा उम्मेदवार मनोनयन दर्ता गर्ने मिति तोकेको छ ।

आयोगले बोलाएको बैठकको सुरुमै विवाद भएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलका प्रतिनिधिलाई आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेका थिए । त्यसपछि साना राजनीतिक दलका प्रतिनिधिले आफ्नो कुरा राख्न पाउनुपर्ने माग गरे ।

 

जवाफमा थपलियासहितले ‘तपाईंहरूलाई आज बोल्ने होइन, सही गर्नुस्, जानुस्’ भनेपछि विवाद भएको एक दलका प्रतिनिधिले बताए । उनीहरूले आचारसंहिता निर्माण गर्दा पनि नसोधिएको र कार्यान्वयन प्रतिबद्धतामा हस्ताक्षर गर्दा पनि आफ्नो कुरा राख्न नपाइएको बताएका थिए ।

आयोगसँग सम्बन्धित विषय हेर्ने सत्तारूढ माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेलले निर्वाचनका लागि संविधान र कानुनविपरीत दबाब दिने प्रतिपक्षको आचारसंहितामा विरोध सुहाउँदो नभएको बताए । ‘निर्वाचन आचारसंहिता मान्दैनौं भन्नु खेलको नियम मान्दैनौं भन्नु हो ।

खेलको नियम नमान्नु भनेको बलले सबै कुरा हत्याउन सकिन्छ भन्ने मान्यता हो । त्यो मञ्जुर छैन,’ उनले भने । आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धता गरे पनि नगरे पनि उल्लंघन गरे कारबाही गर्न आयोग पछि हट्न नहुने उनले बताए ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले दलका प्रतिनिधिसामु बैठकको उद्देश्य राखेपछि ‘दस्तखत गरेर जान सक्नुहुन्छ’ भन्ने भनाइलाई बुझ्न समस्या हुँदा विवाद भएको प्रस्टीकरण दिए । ‘आचारसंहिता सबै दललाई सार्वजनिक गरी पटकपटक छलफल गरेर तयार गरिएको दस्ताबेज हो,’ उनले भने, ‘प्रचलित संविधान, ऐनको व्यवस्थाबमोजिम तयार गरिएको आचारसंहिता उहाँहरूकै छलफलका आधारमा तयार गरिएको हो ।’

मंगलबारको बैठक आचारसंहितामा भएका कमीकमजोरीमाथि छलफल गर्न नबोलाइएको उनको भनाइ थियो । आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी नेता पोखरेल, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले हस्ताक्षर गरेका थिए ।

(ekantipur.com बाट साभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३
कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव
राजनीति

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व