सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार झन्डै १६ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झर्‍यो

188
Sana Kishan

शेयर बजार आज सोमवार पनि घटेको छ । हिजो आइतवार झन्डै ३१ अङ्कले घटेको शेयर बजार आज १५ दशमलव ९४ अङ्कले घटेर दुई हजार चार सय ९७ दशमलव ४७ विन्दुमा झरेको छ ।

Karnali Traders

सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यस्तै दुई सय २६ वटा कम्पनीका ३४ लाख २९ हजार कित्ता शेयर एक अर्ब ५८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै इमर्जिङ नेपालको ६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

Arus

आज कर्णाली विकास बैंक र प्रभु इन्सुरेन्सको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्र उत्थान र नेस्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.