सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट

ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ।

Sana Kishan

गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन्। कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो। रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो।

ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.