साताको पहिलो दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुनको भाउ घटेको छ। शुक्रबार र शनिबारको तुलनामा आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।
आज सुनको भाउ तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post