सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सेयर बजारमा हरियाली

तीन दिनदेखि लगातार ओरालो लागेको सेयर बजार बुधबार भने दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक ४०.६८ अंकले वृद्धि भएर २५६८ .२५ विन्दुमा बन्द भएको छ। नेप्से बढेसँगै मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि बढ्यो। यसदिन २ अर्बमाथिको सेयर कारोबार भयो। सबै समूहको सूचक बढेको छ।

यसअघि मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर २५२७.५८ विन्दुमा अडिएको थियो। सो दिन २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता सेयर १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरमा कारोबार भएको थियो। बुधबार २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता सेयर २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँमा खरिदबिक्री भयो।

Sana Kishan

यसदिन ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। इमर्जिङ नेपालको १० प्रतिशत, राष्ट्र उत्थान लघुवित्तीयको ९.९९ र नेष्डो समृद्धि लघुवित्तीय वित्तको ९.९९ प्रतिशत र सामलिङ पावरको ९.८४ प्रतिशतले सूचक बढ्यो। यसदिन कारोबारमा आएका १३ वटै समूहको सूचक ओकालो लाग्यो। अन्य समूहको सर्वाधिक ४.१२ प्रतिशतले सूचक बढ्यो।

World Link Ads
Mahakali Polytechnic

यस्तै विकास बैंकको सूचक ३.३२ र वित्त समूहको ३.२९ प्रतिशतले बढ्दा लगानी समूहको २.७६, जलविद्युतको २.५१, होटल तथा पर्यटनको २.५१ प्रतिशतले बढ्यो। बैंकिङ ÷ व्यापार समूहको क्रमश ०.२३ र ०.३८ प्रतिशतले सूचक उकालो लाग्यो। अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.