Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सञ्‍चारकर्मीको वृत्ति विकासका लागि बजेटको कमी हुन दिन्‍न : मुख्यमन्त्री लालबाबु राउत

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ११, २०७८
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा रहेका सञ्‍चारकर्मी र सञ्‍चारगृहका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । शुक्रबार वीरगन्जमा मिडिया काउन्सिलले आयोजना गरेको सञ्‍चारमाध्यम र पत्रकार आचार संहिता निर्माणसम्बन्धी सुझाव संकलन कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री राउतले बजेटको कमी हुन नदिने प्रतिबद्धा जनाए।

प्रदेशका सञ्‍चारकर्मी र सञ्‍चारगृहका लागि प्रदेश सरकारले सुरुदेखि नै धेरै गर्न चाहेको भएपनि विविध कारणले हुन नसकेको स्वीकार्दै उनले भने, ’प्रदेश सरकारबाट केहि कमजोरी पनि भएका छन् । तर ती सबैको जिम्मेवारी मैले मात्र लिन सक्दिनँ, सम्बन्धित मन्त्रालयले पनि लिनुपर्छ । ’

प्रदेश सरकारले मिडिया काउन्सिल र आम सञ्‍चार प्राधिकरण गठन गरेको बताउँदै मुख्यमन्त्री राउतले दुवै निकायले काम पनि सुरु गरिसकेको बताए । उनले प्रदेशका सञ्‍चारकर्मी र सञ्‍चारगृहको वृत्ति विकासका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता जनााएका हुन्।

मुलुकमा भएका हरेक राजनीतिक परिवर्तनको आन्दोलनमा मधेशका सञ्‍चारकर्मीको भूमिका अहम र प्रशंसनीय रहेको पनि उनले बताए । उनले इमान्दारिताका साथ सत्य तथ्य सूचना जनतामाझ सम्प्रेषण गर्न पनि सञ्‍चारकर्मीहरुसँग आग्रह गरे । मधेस प्रदेशमा कर्मचारी नै थोरै भएको र भएका कर्मचारीले समेत प्रदेश सरकारलाई अटेरी गर्दै आएकाले काम गर्न समस्या भइरहेको गुनासो पनि उनले पोखे ।

मिडिया काउन्सिलका अध्यक्ष शीवहरि प्रसाद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्‍चारमन्त्री भरत साह , आमसञ्‍चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव ,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान , केन्द्रीय सदस्य केसी लामिछाने ,प्रदेश अध्यक्ष राजेश कर्ण ,महासचिव श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष अनुप तिवारी , बारा शाखा अध्यक्ष रेशम तिवारीका साथै पर्सा , बारा र रौतहट जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो । क्रान्ति शाहले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न
राजनीति

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व