साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। लामो समयदेखि निरन्तर उकालो लागिरहेको सुनको भाउ आज पनि पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जानकारी दिएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो। आजको भाउ बुधबारको तुलनामा ६०० रुपैयाँले बढेको हो।
यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँ निर्धारण भएको छ। बिहीबार तेजावी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तैगरी, सुनको भाउसँगै आज चाँदीको भाउ पनि बढेको छ। बिहीबार १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। नयाँ पुस्ता बाट सभार









Discussion about this post