साताको चौँथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ हवात्तै घटेको छ । लामो समयदेखि निरन्तर उकालो लागिरहेको सुनको भाउ आज भने ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जानकारी दिएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ लाख २०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो। आजको भाउ आइतबारको तुलनामा १ हजार १०० रुपैयाँले कम्ती हो ।
यसैगरी, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार तेजावी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तैगरी, सुनको भाउसँगै आज चाँदीको भाउ पनि घटेको छ। मंगलबार १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। नयाँ पुस्ता बाट सभार









Discussion about this post