Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तीनै तहको निर्वाचनमा एमालेको एक्लै बहुमत : ईश्वर पोखरेल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका छन्। पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपर्ने दाबी गर्दै पोखरेलले आगामी स्थानीय, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका हुन्।
सोमबार जनकपुरधाममा नेकपा एमालेको धनुषा जिल्लाको सातौँ अधिवेशनको उद्घाटनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले कम्युनिष्ट पार्टीले दुई तिहाईको बहुमत हुँदासमेत काम गर्न नसकेको आरोप लागेको बताए।

उनले भने, ‘२०७४ सालको निर्वाचनमा एमालेसँग एक्लै बहुमत थिएन। माओवादीसँगको वाम गठबन्धनपश्चात बहुमतको बनेको र उपेन्द्र यादवको पार्टीको समर्थन पश्चात करिब दुई तिहाईको बहुमत भएको थियो तर अबको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा एमाले एक्लै बहुमत ल्याउँछ।’

माधव नेपाललाई कटाक्ष गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेमा लगानी नभएका मानिसहरु बाहिर निस्किएको र पार्टी कसैको जिमदारी नरहेको बताए। एमाले श्रमजिवी जनता, हरेक कार्यकर्ताको पार्टी रहेको भन्दै माधव नेपालले एमालेलाई आफ्नो जिमदारी नठान्न आग्रह गरे। माधव नेपालले पार्टीलाई आफ्नो जिमदारी ठानेको र अरु नेता भएपछि उनी बस्न नसकेको टिप्पणी गरे।

‘म माधव नेपालसँग ४५ वर्षदेखि काम गर्दै आएको छु। उहाँको केही समस्या छैन, तर एउटा समस्या छ, जेसुक्कै चिजलाई आफ्नो जिम्दारी ठान्नु,’ उनले भने।

वरिष्ठ उपाध्यक्ष पोखरेलले कम्युनिष्ट पार्टीलाई जिन्दावाद भने पनि पार्टीभित्रको जिमदारीलाई मुर्दावाद भन्नुपर्ने बताए। त्यस्तै उनले पुष्पकमल दाहाल प्रचण्डले केपी ओली दुई पटक किडनी फेरेकाले जान्छ भनेर दुई अध्यक्षीय प्रणाली लागू गरे तर त्यस्तो नभएपछि नेपाल र दाहालको साँठगाँठ बनेको र पार्टी विभाजन भएको बताए।

‘पार्टीमा रहेका विभिन्न क्षेत्र, जात, समुदायका व्यक्तिलाई साथमा लिएर जान सक्नुपर्छ,’ उनले भने, ’नेताको नेतृत्वलाई स्वीकार गरे, नेताहरुको निर्णयको पालन गरे, नेताहरु सबैलाई समेटेर अगाडी बढे मात्र एमाले मजबुत हुन्छ।’ गोविन्द महतोले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व