Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : बलायर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ३०, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरले स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन् ।

‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नाराका साथ कांग्रेसले सुरु गरेको चुनावी अभियानअन्तरगत आइतबार डोटीको जोरायलमा आयोजित सभालाई सम्बोधन गर्दै बलायरले कम्युनिस्टहरूसँग चुनावी गठबन्धन नहुने दाबी गरे ।

वर्तमान संघीय सत्ता गठबन्धन संविधान जोगाउनका लागि भएको भन्दै उनले भने, ‘कांग्रेसका हातले रुख चिह्न बाहेक अन्त भोट जाँदै जान्न, यो मेरो ऐलान हो ।’

उनले चुनावी गठबन्धन भहाल्छ कि भनेर नधर्मराउन र ढुक्क रहन पनि आग्रह गरेका छन् । डोटी जिल्लाबाटै संघीयमन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेश मन्त्री गरी तीन जना मन्त्री रहेको तर गठबन्धनका नाममा कांग्रेस कार्यकर्ताहरुलाई पेलेको उनले आरोप लगाए ।

‘कसैको पार्टी जोगाइदिनका लागि हामीले आफ्नै जीउमा आगो लगाउनु जरुरी छैन’ बलायरले भने ‘त्यसैले म भन्छु, नेपाली कांग्रेसले बनाएको संविधान जोगाउन कांग्रेस एक्लैले प्रयास गर्छ, कोही जोडिन् आउँछन् भने ठीकै छ ।’ उनले माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकार रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेस नरहेको बताए । पूर्वमन्त्री बलायरले कांग्रेस एक भएर चुनावमा गयो भने डोटीका नौवटै स्थानीय तहमा जित्ने दाबी गरे ।

उनले निर्वाचनमा कांग्रेस बाहेक अरु कसैलाई भोट हाल्न नपर्ने र कांग्रेस बहुमतले विजय हुनेमा विश्वस्त रहन नेता कार्यकर्तालाई अनुरोध गरे । उनले कम्युनिस्ट सरकारले भ्रष्टाचार गरेर देशको ढुकुटी रित्याएकोले अहिले देशमा आर्थिक संटक देखा परेको आरोप लगाए । ‘गाउँगाउँमा जानुहोस्, कम्युनिस्ट सरकारले गरेको गलत क्रियाकलापहरूको भण्डाफोर गर्नुहोस्’ आफ्नो मन्तव्यको अधिकांश समय कम्युनिस्टहरूको विरोधमा खर्चेका बलायरले कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘सबै नेता कार्यकर्ताहरू एकढिक्का भएर अभियान सफल हुनेछ ।’

कम्युनिस्टहरूले देशमा ब्रम्हलुट गरेको आरोप लगाउँदै बलायरले जनताले पनि कम्युनिस्टहरूलाई प्रश्न गर्नु पर्ने बताए । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व