गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ।
गृह मन्त्रालयमा भएको भेटवार्तामा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिवा विप्लवसहित भएको वार्तामा उठेका विषय वस्तुको कार्यान्वयन पक्षबारे छलफल भएको थियो।
छलफल सकारात्मक रहेको दुवै पक्षले जनाएका छन्।
भेटमा गृहमन्त्री खाणले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारले पहल गरिरहेको बताएका थिए। नेकपा र सरकारबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएका थियो। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post