Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अर्थतन्त्रको चुनौती समाधान गर्न आयातमा मार्जिन : अर्थमन्त्री जनार्दशन शर्मा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २९, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अर्थमन्त्री जनार्दशन शर्मा प्रभाकरले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । आइतबार भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार राजस्व असुली प्रभावित भएपनि मेहिनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए ।

‘देशको अर्थतन्त्र यतिबेला चुनौतिपूर्ण अवस्थामा छ, यसलाई समाधान गर्न हामीले केही वस्तुको आयातमा मार्जिन राखेका छौं’ उनले भने, ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैंका लागि राखिएको होइन ।’ स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्ने उनको भनाइ छ ।

उनले भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सृजित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठि प्रभावकारी हुने विश्वास लिएको बताए । वस्तु आयातमा गरिएको वर्गीकरण सम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठिका माध्यमबाटै समाधानको सुत्र पहिल्याउन पनि उनले निर्देशन दिए ।

उनले भन्सार कार्यालयमा प्रयोग हुने भेहिकल स्क्यानिङ सम्बन्धी निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने समेत जानकारी गराए । व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडी बढ्न उनले कर्मचारीलाई निर्देशन दिए ।

माघ मसान्तसम्मको लक्ष्य भन्दा बढी भन्सार राजस्व परिचालन गरेकोमा उनले खुसी व्यक्त गरे । भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म तीन खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भएपनि आयातमा गरिएको कडाइका बाबजुत तीन खर्ब ८ अर्ब राजस्व संकलन भएको जानकारी गराए । यो गत वर्ष सोही समयको तुलनामा २९ प्रतिशत राजस्व संकलन बढी हो । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व