Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीमा कालाजारका बिरामी फेला

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २९, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

दोगडाकेदार गाउँपालिकामा कालाजारका बिरामी फेला परेका छन्। वडा नम्बर ५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजारको संक्रमण देखिएको हो।

धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए। ती महिलामा कालाजार पुष्टि भएपछि सरकारको नीतिअनुसार उनको सम्पर्कमा रहेकाहरूको परीक्षण गरिएको जोशीले बताए। उनले भने, ‘कुनै व्यक्तिमा कालाजार देखिएमा सम्पर्कमा रहेका कम्तीमा १५ जनाको नमुना संकलन गरेर परीक्षण गर्ने भन्ने सरकारको नीतिअनुसार हामीले छेउछाउका २१ जनाको नमूना संकलन गरेर परीक्षण गरेका छौं।’

स्वास्थ्य कार्यालयले गाउँमै स्वास्थ्यकर्मी खटाएर स्थानीयहरूको कालाजार परीक्षण गरेको हो। नमुना संकलन गरेर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जोशीले बताए। रिपोर्ट नेगेटिभ आएपछि उक्त गाउँमा कालाजार नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कालाजार भए नभएको रगत परीक्षणबाट थाहा हुन्छ।

कालाजार भएमा टाउको दुख्ने, ज्वरो आउने, छालामा विभिन्न खालको संक्रमण हुने, तौल घट्नु, थकान महशुस हुनु, रक्तअल्पता हुनु लगायतका लक्षणहरु देखा पर्दछन्। स्यान्ड फ्लाई नामक भुसुनाको टोकाइबाट कालाजार सर्ने गर्दछ। भुसुनाको टोकाइबाट बच्नु नै यसको सङ्क्रमणबाट बच्ने प्रभावकारी उपाय रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

साँझदेखि बिहानसम्म कालाजार सार्ने भुसुना सक्रिय हुने हुनाले सकेसम्म उक्त समयमा बाहिर ननिस्कने, बाहिर जाँदा वा असुरक्षित घरहरूमा बस्दा मौसमअनुसार सहन सक्ने गरी शरीरको धेरै भाग छोप्ने कपडा लगाउने‚ लुगाले नढाकिएको भागमा किरा भगाउने मल्हम लगाउने, झ्यालढोकामा जाली लगाइएको वा एयरकन्डिसन भएको स्थानमा बस्न स्वास्थ्यकर्मीको सुझाव छ। स्यान्ड फ्लाई नामका भुसुना लामखुट्टेभन्दा साना हुने भएकाले ससाना प्वालहरूबाट पनि सजिलै छिर्न सक्छन्। त्यसैले सुत्ने वा विश्राम गर्ने स्थानमा किरा मार्ने विषादी छर्कने, झ्यालढोकामा जाली नलगाइएको वा एयरकन्डिसन नभएको स्थानमा सुत्नु परेको अवस्थामा झुलको प्रयोग गर्ने र झुललाई चारैतिर डस्नाले थिचेर कीराहरू छिर्न नसक्ने बनाउनुपर्दछ। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
धादिङ प्रहरी लगातार तेस्रो पटक उत्कृष्ट बन्यो

धादिङ प्रहरी लगातार तेस्रो पटक उत्कृष्ट बन्यो

साउन २२, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

साउन २२, २०८३
सामाजिक सुरक्षा भत्ता दशैँअघि नै

यातायात व्यवस्था कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

साउन २२, २०८३
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

साउन २२, २०८३
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व