Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एमालेलाई गठबन्धनले धुलो चटाएपछि ओली मानसिक सन्तुलन गुमाएर जथाभावी बोल्न थाले : माधव नेपाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २७, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओली मानसिक सन्तुलन गुमाएर जथाभावी बोल्न थालेको आरोप लगाएका छन्। शुक्रबार समाजवादी प्रेस संगठनले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो आरोप लगाएका हुन्।

ओलीले आजै पोखरामा सर्वोच्च अदालतबाट गोरु ब्याएको र ५ वटा बाच्छा पाएको भन्दै गठबन्धनको आलोचना गरेका थिए। उनले आफूलाई प्रधानमन्त्रीबाट हटाएर गठबन्धनको सरकार गठनका लागि परमादेश दिएको सन्दर्भमा निकाल्दै उहिल्यै ५२ सालमा एकजनाले गोरु ब्याउँदैन भनेको ब्यायो भनेको प्रसंग सुनाउँदै यसपालि पनि त्यस्तै भएको सुनाएका थिए।

उनले आफ्नो सरकार ढालेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पछुताइरहेको पनि बताएका थिए। अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई गठबन्धनले धुलो चटाएपछि ओलीले मानसिक सन्तुलन गुमाएर गठबन्धन सरकारविरुद्ध जथाभावी बोल्न थालेको बताए ।

मानसिक सन्तुलन गुमाएको मान्छे उपचार गर्न छाडेर सडकमा जथाभावी बोल्दा आफ्नै स्वास्थ्य बिग्रिने भन्दै नेपालले ओलीलाई उपचार गर्न सुझावसमेत दिए । नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन,मिलेर चुनावी तालमेल गर्ने पक्का भएकाले कसैलाई भ्रममा नपर्न आग्रह गरे।

उनले प्रधानमन्त्री स्वयम् आफैले चुनाबी तालमेलको कुरा गरिसकेकाले चुनावसम्म गठबन्धन कायम रहने बताए। सम्मेलनमा पत्रकारले एमसीसी पास गरेर अमेरिकाको मतियार बन्नु भयो नि भन्ने जिज्ञासामा उनले ओलीले हुबहु पास गर्न लागेकाले गठबन्धन आरकारले व्याख्यात्मक टिप्पणी गर्दै एमसीसी पास गरेको बताए ।

उनले एमसीसी संसदमा दर्ता गर्न लगाएर ओली एमसीसीको प्रवक्ता बनेको आरोप लगाए। नेपालले ओली प्रधानमन्त्री हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गलत व्यक्तिलाई नियुक्त गरेका कारण प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको तर्क गरे। रत्नप्रसाद आचार्यले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व