नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताप्रति उत्तरदायी नभएका सांसदलाई जिताउन नहुने बताएका छन्।
निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेले भने, ‘संसद नचल्दा जनताका समस्याबारे छलफल हुन सकेको छैन। यो गतिरोध अन्त्य हुनुपर्छ। संसद सूचारु नहुने भने जनताको काम गर्ने सांसद आउनुपर्छ जनताको काम नगर्ने सांसद नआउने वातावरण बनाउनुपर्छ।’
फरक प्रसगंमा नेता पौडेलले भने, ‘कुन शर्त कुन धारामा एमसीसी राष्ट्रघात हो मलाई बताउनुहोस्? कसरी भयो एमसीसी इण्डोप्यासेफिकको अंग?’ अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post