राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहायता एमसिसी अनुदान नभएर लगानी भएको दाबी गरेका छन्।
कम्युनिष्ट पार्टीहरुले एमसिसीको विरोधमा खुलामञ्चमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै केसीले यदि अनुदान हो भने संसदबाट तत्काल पास गर्न र नगरे दुई देशको सम्बन्धमै असर पर्ने धम्की किन दिएको भन्दै प्रश्न गरे।
उनले नेपालको कानुनभन्दा माथि हुने सम्झौता कुनै पनि हालतमा राष्ट्रहितको पक्षमा नहुने बताए।
‘यदि नेपालको हितमा भएको भए हामीले विरोध गर्नुपर्ने कुरै थिएन।’ उनले भने।
’एकलौटी एमसिसीको ब्याख्या गरिनुको औचित्य नभएको भन्दै उनले थपे, ‘माधव जी र प्रचण्डजीले व्याख्या गरेर हुन्छ? एमसिसीले मान्नुपर्यो नि! यो सम्झौताले नेपालको सार्वभौमसत्ता राष्ट्रियतामा आँच पुर्याउँछ कि पु¥याउँदै भनेर अमेरिकालाई सोध्ने? उसले हो भन्छ र ?
एमसिसी आयो भने नेपाली युवा विदेश जानुपर्दैन भनेर हल्ला चलाइरहेको भन्दै सबै हावादारी कुरा भएको उनको जिकिर छ।
’जनै तिब्बतबाट ल्याउनुपर्ने, गुन्द्रुक बाहिरैबाट ल्याउनुपर्ने, हजारौं युवा दिनहुँ विदेश जान बाध्य छन्, उनले भने, ’यहाँ साम्राज्यवादीहरु घुस खाएर मोटाइरहेका छन्।’ थाहा खबर बाट सभार









Discussion about this post