साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउले शिखर चुमेको छ । बिहीबार तोलाको ५०० रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। बिहीबार तेजावी सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी, सुनको भाउ बढेपनि आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। पछिल्लो समय मूल्यवान धातु सुनको भाउ बढेको बढ्यै छ । नयाँ पुस्ता बाट सभार









Discussion about this post