अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई पुँजीबजार सुधार गर्न ११ बुँदे निर्देशन दिएका छन्। उनले बोर्ड अध्यक्ष रमेश हमाल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीलाई यस्तो निर्देशन दिएका हुन्।
उनले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजीबजारबाट आउने वातावरण सिर्जना गर्न र दबाब र प्रभावमा नपर्न निर्देशन दिए। पुँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उद्देश्यले दुवै निकायमा नयाँ नेतृत्व छनौट गरेको उनले प्रस्ट पारेका थिए।
‘जनतामा भएको पैसा पुँजीबजारमा त आयो। अब यो पैसालाई पूँजी निर्माणमा लगाउन सक्नुप¥यो। ठूला परियोजनामा पुँजी लगानी गर्ने बिषयमा तपाईँहरू (धितोबोर्ड र नेप्सेका अधिकारी) ले ध्यान दिनुपर्छ,’ उनले भने।
राष्ट्रिय महत्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पुँजी बजारको आवश्यकता रहेको उनले बताएका थिए।
उनले पुँजीबजारमा राजनीति नगर्न पनि आग्रह गरे। ‘पुँजी बजारमा राजनीति गर्नु हुँदैन। यसलाई स्वचालित ढंगले चल्न दिनुपर्छ। फलानो मन्त्री यस्तो भयो भन्दै चलखेल गर्नु हुँदैन,’ उनले भने।
उनले इन्साइडर ट्रेडिङ, पम्प एड डम्प र सर्कुलर कारोबार जस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पुँजी बजारमा नदेखिन गरी काम गर्न निर्देशन दिए। ‘म मन्त्रालयमा आउनासाथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर ट्रेडिङजस्ता विकृत कारोबारका विषयमा कसैले आधिकारिकरूपमा केही भनेको थिएन। म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ,’ उनले भने।
उनले साना लगानीकर्ताको पुँजी बजारमा प्रवेश गराउने, अहिले कारोबार गरिरहेका साना लगानीकर्तालाई सुरक्षित गर्ने, ओटिसी बजारलाई प्राथमिकता दिने, नेप्से र धितोपत्र बोर्डबीच आसपसी तालमेल गर्ने, सेयर सूचीकरणमा आउन नसकेका कम्पनीलाई सहजीकरण गर्ने, ब्रोकरको क्षमता बढाउने, सफ्टवेयरको क्षमता विकास गर्ने, ‘टिएमएस’ बाट थप सेवा सुचारु गर्नेलगायतका निर्देशन दिएका थिए। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post