नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित भएको अवस्थामा अब यसलाई कार्यान्वयन गर्नुपर्ने बताएको छ । आज मङ्गलवार पत्रकार सम्मेलन गरेर एमालेले संसदबाट पास भइसकेको अवस्थामा अब एमसीसीलाई देश हित हुने गरी कार्यान्वयन गर्नुपर्ने बताएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीसम्बन्धी परियोजना संसदबाट अनुमोदन भइसकेको छ, अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्छ, पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक छ ।’
नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसीको बारेमा नेकपा एमालेलाई संसदमा छलफल गर्ने मौका नै नदिइएको आरोप पनि लगाएको छ । राष्ट्रिय महत्त्वको एमसीसी जस्तो विषयमा संसदमा एमालेलाई पाखा लगाएर सत्ता गठबन्धनले आफ्नो स्वार्थ मात्रै हेरेको एमालेको आरोप छ ।
उहाँले देशको विकासको पक्षमा, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनताको पक्षमा अलिकति पनि कुनै पनि प्रावधानले तल–माथि नपर्ने गरी त्यसलाई कार्यान्वयन गरेर अघि बढाउन सरकारलाई सचेत गराउनुभयो । यदि कुनै हिसाबले देशको सार्वभौमसत्तामा, स्वाधीनतामा, स्वतन्त्रतामा कहीँ पनि तल–माथि पार्न खोजियो भने नेकपा एमालेलाई त्यो मान्न हुन नसक्ने अध्यक्ष ओलीको भनाइ थियो । उज्यालो अनलाइन बाट सभार









Discussion about this post