Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एमसीसी पास भएकोमा खुसी छु, देश दुर्घटनाबाट बच्यो : प्रचण्ड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १६, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् ।

सोमबार आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी प्रचण्डले भनेका छन्, ‘हिजो पास भएपछि म निकै खुसी छ । देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’

प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर यसअघि आफू र पार्टीले अघि सारेका प्रस्ताव र अडानहरुको बचाउ गरे । राजनीतिक दलहरु र समाज नै विभाजनमा जाँदा संविधान र लोकतन्त्रमाथि घात हुन्छ कि भन्ने लागेर सहमति जुटाउने उपाय खोजेको, तर आफूलाई नै भिलेनका रुपमा प्रस्तुत गरेको उनको गुनासो थियो ।

संसदबाट अनुमोदन गर्ने प्रवधान थप्नुका साथै तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका क्रममा नेपाल पनि इण्डो प्यासिफिक स्ट्राटेजीमा सामेल भएको प्रचार भएपछि एमसीसी विवादमा परेको प्रचण्डले बताए ।

तत्कालीन नेकपाको कार्यदलले यथास्थितिमा अनुमोदन नगर्न सुझाव दिएपछि आफूले संकल्प प्रस्ताव पास गरेर अनुमोदन गर्ने विकल्प अघि सारेको तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तयार नभएको उनको दाबी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग संकल्प प्रस्ताव वा कुनै उपाय खोज्ने सहमति भएको उनको दाबी छ । तर गठबन्धन टुट्ने मात्र होइन, शान्ति सम्झौता दुर्घटनामा पर्ने, संविधान डिरेल हुने खतरा देखेपछि आफूले कांग्रेस र एमाले मिलेर पास गर्नसमेत सुझाएको उनले बताए । प्रचण्डले भने, ‘एग्री टु डिसएग्री गरौं । गठबन्धन नटुट्ने गरी हमी विपक्षमा मत हाल्छौं, तपाईंहरु पक्षमा हाल्नस् पनि भनेँ ।’

तर अर्कै समीकरण बन्ने र सबथोक पुरानै ठाउँमा जाने खतरा देखेपछि आफू, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पूर्व परराष्ट्रसचिव अर्जुनबहादुर थापालाई भेटेको उनले सुनाए । थापाले भियना कन्भेन्सन अनुसार आधिकारिक रुपमा व्याख्यात्मक घोषणा ग¥यो भने कानुनी मान्यता पाउने बताएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई उज्यालो देखिएको जस्तो भयो ।’

आफूहरुले अधिवक्ता गोविन्द बन्दीसँग छलफल गरेको र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसमा काम गरिरहेको थाहा पाएको प्रचण्डले सुनाए । त्यही बेला आफूलाई अन्तर्राष्ट्रिय कानुनका जानकार डा. सूर्य सुवेदीले चार पृष्ठको पत्र पठाएको भन्दै उनले भनेका छन्, ‘चार पेजको चिठ्ठीमा उहाँले एमसीसी यथास्थितिमा पास नगर्ने कानुनी बाटो झ्याङ्ग पार्नुभएको छ ।’

त्यसपछि आफूले पार्टीका नेताहरुसँग देशलाई दुर्घटनामा जान नदिन व्याख्यात्मक घोषणालाई एमसीसीसँग जोडेर पास गर्ने प्रस्ताव राखेको प्रचण्डले सुनाए । यो महाकाली सन्धिमा गरेको संकल्प प्रस्ताव जस्तो नभएको भन्दै उनले भने ‘पास भएपछि म निकै खुसी छ, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’

सार्वभौम संसदले पास गरेको व्याख्यात्मक घोषणालाई कागजको खोस्टो भन्नु भ्रम भएको समेत प्रचण्डले बताए । ‘संकल्प मात्र होइन, अन्तर्राष्ट्रिय कानुनद्वारा स्थापित प्रक्रिया र मान्यता हो,’ प्रचण्डले भने, ‘हामी सबैले गर्व गर्नुपर्छ । नेपाल समाज विभाजित हुनबाट बचेको छ । विकासलाई निकास दिएको छ, हाम्रो सार्वभौमसत्ता, संविधान कानुन स्वतन्त्र अडान स्थापित पनि भएको छ ।’ अनलाइन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व