

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा सांसद शेरबहादुर तामाङले अमेरिकी सहायता परियोजना एमसीसीमा सत्ता गठबन्धनमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले अनुमोदन गर्न सघाउने ठोकुवा गरेका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता तामाङले भोलिको करिब करिब मध्यरातसम्म माओवादी र नेकपा एसहरु एमसीसी पास गर्ने पक्षमा उभिने ठोकुवा गरेका हुन् । ‘उहाँहरु एमसीसी पारित गर्ने पक्षमा उभिनु हुन्छ । अहिले सरकारसँग एमसीसी पास गर्नको लागि बहुमत छ । एमाले उभिनुपर्ने वा नपर्ने जरुरी छैन,’ उनले भने ।
उनले एमसीसीबारे मिडिया, सामाजिक सञ्जाल र डबलीमा विरोध भए पनि यसको सही रुपमा छलफल संसदमा हुनुपर्ने धारणा राखे ।


उनले संसदमा एमालेको गतिरोध भने कायमै रहेको सुनाए । ‘गतिरोध हट्न हाम्रो माग पूरा गर्नुपर्छ, एउटा त हामीले कारबाही गरेका १४ जना सांसदहरुलाइृ कारबाहीको सूचना टाँस्नुप¥यो वा सभामुखलाई कारबाही हुनुपर्छ,’ उनले भने ।

तामाङले सत्तारुढ दलले सडकमा कार्यकर्ता उतार्ने र सदनमा अर्के कुरा गरेर द्वैध चरित्र देखाएको आरोप लगाए । एमसीसीको विपक्षमा हो भने तुरुन्त सरकार छोड्न उनले सुझाए । अन्नपूर्ण पोस्ट बाट सभार
