सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एमसिसी नेपालको हितमा छ : वरिष्ठ नेता रामचन्द्र पौडेल

164
Sana Kishan

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी पास राष्ट्रघाती हुन नसक्ने बताएका छन्।

शालिक तथा पार्क निर्माण समितिको आयोजना तथा कांग्रेस शहीद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै नेता पौडेलले सो कुरा बताएका हुन्।

Arus

एमसिसी सम्झौतामा हस्ताक्षर गरेर कम्युनिष्ट घटक अहिले आएर पन्छिने गरेको उनले आरोप लगाए। गरिबीपनले हिंसा र आतङ्कजस्ता गतिविधि हुँदै गएको उल्लेख गर्दै नेता पौडेलले नेपालमा विद्युतीय क्षमता बढाएर आर्थिक पक्षमा सबल भई गरिबी हटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि स्व परियारले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै उनले पार्टीले शहीदका रूपमा सम्मान गरेको बताए।

Nepali Khaja

पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले कांग्रेसले शहीदको सम्मान गर्दै समृद्ध नेपाल निर्माणका लागि लाग्नुपर्ने बताए। कलाकारिता क्षेत्रमा नक्षेत्रका रूपमा उदाएका स्व परियारको बाँकी सपना पूरा गर्न र शहीद पार्क निर्माण गर्न पार्टीले पहलकदमी थाल्नुपर्नेमा जोड दिए।

Karnali Traders

अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिष्ट घटकहरूले एमसिसी माग गरेर मुर्तरूप दिने अवस्थामा भागेको आरोप लगाए। अमेरिकाले सित्तैमा दिएको अनुदानमा बार्गेनिङ गर्नुका साथै चुनावको मुद्दा बनाएर आर्थिक सङ्कटमा धकेल्ने षड्यन्त्र भएको बताए।

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले स्व सहिद परियारको परिवार र कांग्रेसबीच पारिवारिक साथ गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले स्व सहिद परियारको परिवार र नेपाली कांग्रेसबीच पारिवारिक साथ कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

व्यास नगरपालिकाको ११ लाख एक हजार २५० को लागतमा स्व परियारको अर्धकदको शालिक निर्माण गरिएको हो। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

9  +  1  =