महेन्द्रनगर ।
नेकपा एमाले कंचनपुरको बेदकोट नगर कमिटीको अध्यक्षमा हरिश भाट निर्वाचित भएका छन् ।
शनिवार भएको भेलाले अध्यक्ष भाटको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
नगर कमिटीको नेतृत्व चयनमा लामो समयदेखि विवाद रहँदै आएको थियो तर शनिवार सहमति जुटेको छ ।

नगर कमिटी उपाध्यक्षमा हरि गिरी, सचिवमा वीरेन्द्र शाह, उपसचिवमा आनन्द पन्त र हरिना बिष्ट चयन भएका छन् ।
बेदकोट नगरपालिकाका निवर्तमान अध्यक्ष चक्र पाण्डेयको अध्यक्षतामा भएको नगर भेलामा पोलिटब्यूरो सदस्य राजेन्द्रसिंह रावल प्रमुख अतिथि रहेका थिए ।
भेलामा एमाले केन्द्रीय सदस्य नरबहादुर धामी, कृपाराम राना, जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट, नगर इन्चार्ज सुशीला सिंह, प्रदेश सदस्य रामसिंह धामी, कलसा महरा, ईश्वरी शर्मा लगायतको उपस्थिति रहेको थियो ।









Discussion about this post