सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेससँग वार्ता गर्दा प्रचण्ड र माधव नेपाल अत्ताल्लिए : केपी शर्मा ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग आफूहरुले छलफल अगाडि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अत्ताल्लिएको बताएका छन् ।

एमालेसँग छलफल अघि बढेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी पास गर्ने वचन दिएको आफूले जानकारी पाएको ओलीले बताए ।

शनिबार काठमाडौंमा आयोजित प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले एमसीसीबारे कांग्रेसले आफ्नो पार्टीसँग छलफल गरेपछि प्रचण्ड र नेपाल गठबन्धन टुट्ने डरले अत्तालिएको दावी समेत गरे ।

World Link Ads
Mahakali Polytechnic

‘एमसीसीबारे हामीसँग कांग्रेसले कुरा ग¥यो । कांग्रेसले कुरा गरेको थाहा पाएपछि साथीभाइको सातो गएछ–गठबन्धन टुट्छ भनेर । हिजो बिहान गए प्रचण्ड, माधव नेपाल कुदेर शेरबहादुर देउवा कहाँ गएर भन्नुभो–हामी एमसीसी पास गर्छौं, गठबन्धन जोगाइदिनुस्’ उनले भने ।

Sana Kishan

ओलीले अघि भने, ‘‘भनेपछि प्रधानमन्त्री देउवाजीले हेर्छु, कत्तिको इमान्दार छौं । इमान्दार रहेछौ भने ठिक छ भनेर प्रधानमन्त्रीजीले पठाउनुभयो । गएको राति उहाँहरु आधाआधा सुत्नुभयो । निन्द्रा लागेन, अब के गर्ने ?’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाएको महाअभियोग प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत नहुने दावी समेत गरे । सो प्रस्ताव संसदमा निर्णयार्थ पेश गर्न नभई न्यायालयलाई झनै अस्तव्यस्त पार्न ल्याइएको अध्यक्ष ओलीले तर्क गरे ।

उनले नेपाल बार, सर्वोच्च बारले आन्दोलन गरेर न्याय क्षेत्रको गरिमा नबढ्ने बताए । ‘यो महाअभियोग के पारित गर्न लगाएको हो र ? पारित हुन्छ यो ? पारित गर्न ल्याइएकै होइन । यो त लम्ब्याउँदै–लम्ब्याउँदै हरेक कुरालाई लम्ब्याउने, मानि लिऊ–देशको समयको कुनै मूल्य छैन’ उनले भने ।

ओलीले न्यायालय सत्तारुढ दलको सेटिङमा चलेको तर आफ्नो दलले सेटिङ गरेको भनेर झुट प्रचार भइरहेको गुनासो समेत गरे । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.