सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमसीसी समस्या समाधानका लागि गम्भीरतापूर्वक उपायको खोजी भइरहेको छ : प्रचण्ड

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धन टुट्न नदिन आफूहरु गम्भीरताका साथ लागि परेको बताउनु भएको छ ।

अध्यक्ष दाहालले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने खतरामा रहेको निष्कर्ष निकाल्दै त्यसलाई जोगाउने र एमसीसी समस्या समाधानका लागि आफूहरुले विभिन्न उपायहरुको खोजी गम्भीतारपूर्वक गरिरहेको बताउनु भएको हो । शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति कमस खाएर बनेको सत्तारुढ गठबन्धन टुटाएर कुनै पनि खालको प्रतिगमनकारी गठबन्धन हावी हुने अवस्था नआओस् भनेर आफूहरुले सक्दो प्रयास गरिरहेको पनि बताउनुभयो ।

एमसीसी परियोजना यथास्थितिमा पारित हुन नदिने विषयमा आफूहरुले सुरुदेखि नै प्रष्ट धारणा राख्दै आएको भन्दै अध्यक्ष दाहालले त्यसैलाई उपयोग गरेर प्रतिगमनकारी शक्तिहरुले सत्तारुढ गठबन्धन टुटाउने प्रयास गरिरहेको दाबी गर्नु भयो । अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र सबै उत्पीडित वर्ग, समूदायको अधिकार खोस्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै फेरि एउटा जनयुद्ध लडनुपर्ने अवस्था आएको बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

‘फेरि एउटा जनयुद्ध लड्नैपर्ने भयो । संविधान, गणतन्त्र र सबै उत्पीडित वर्ग, जातिले पाएका अधिकारहरु खोज्ने षड्यन्त्र भइराखेको छ भनेर नै अपिल ग¥यौं र लाखौं जनता सडकमा आएपछि एउटा खालको सफलता फेरि हामीलाई प्राप्त भयो । यो संविधानको रक्षा गर्न, लोकतन्त्रको रक्षा गर्न र राष्ट्रियताको रक्षा गर्नका निम्ति हाम्रो यो गठबन्धन हो । त्यहाँ कहिँकतै एमसीसी भन्ने कुरा त थिएन । त्यसैगरी हामीले गठबन्धन सरकार बनिसकेपछि साझा न्यूनतम कार्यक्रममा पनि हामीले कहिँकतै एमसीसीको बारेमा चर्चा गरेका थिएनौं’ उहाँले भन्नुभयो, ’त्यो एउटा यस्तो परियोजना, त्यो बारेमा विवाद, बहस छ । यथास्थितिमा विना संशोधन, विना परिमार्जन, समर्थन गर्न सकिँदैन भन्ने धारणा हामीले प्रष्टसँग राख्दै आएको थियौं । तर आजको दिनमा यो यस्तो खालको विषय बन्न गएको छ कि कहीँ यसैको कारणले गठबन्धननै टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हावी हुने त होइन ? भन्ने स्थिति बनेको छ । र, यसलाई रोक्नुपर्ने कुनै खालको प्रतिगमनकारी गठबन्धन फेरि अगाडि नआओस् र संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस भनेर अहिले हामी लागि राखेका छौं । हामीले कहीँ न कहीँ यो गठबन्धन बचाऔं । एमसीसीको पनि समस्या समाधान होस्, गठबन्धन पनि नटुटोस भन्ने कुनै त्यस्तो उपाय छ त भनेर छलफल भइराख्या छ ।’

Dirghayu Ads

अध्यक्ष दाहालले अहिले पनि आफ्नो पार्टीले संविधान, लोकतन्त्र, संघीयता र उत्पीडित जनताको अधिकारको रक्षाका लागि रक्तपातहीन युद्ध जारी राखेको बताउनु भयो । उहाँले उत्पीडित वर्ग, समुदायको हितको रक्षा गर्न राज्य सक्षम नभएसम्म शान्तिपूर्ण संघर्षका कार्यक्रमहरुलाई निरन्तरता दिने पनि बताउनु भयो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.