नेकपा (माओवादी केन्द्र) का प्रमख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना (एमसिसी)को विपक्षमा मतदान गर्ने बताएका छन्।
बिहीवार सिंहदरबारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूको बैठकपछि प्रमुख सचेतक गुरुङले एमसिसीको विपक्षमा मतदान गर्ने बताएका हुन्। साथै‚ सभामुखलाई संसदमा भइरहेको अवरोधलाई हटाउन आग्रह गर्ने पनि बताए।
‘एमसिसीको विपक्षमा मतदान गर्ने भन्ने कुरा छँदैछ‚’ उनले थपे‚ ‘तर अहिले सदन अवरुद्ध भइरहेको अवस्थामा छलफल गर्ने वातावरण छैन। डेमोक्रेसी नम्सको प्रक्रियाअनुसार नै छलफल गर्नुपर्छ।’ प्रमुख सचेतक गुरुङले राष्ट्रिय विषयमा सबै सांसदले बोल्न पाउनुपर्ने बताए।
सरकारले गत फागुन ८ गते एमसिसी छलफलका लागि संसदमा पेश गरिसकेको छ। एमसिसी पास गर्न संसदमा पेश गरे पनि सत्तारुढ दलहरू नै एमसिसीको विपक्षमा उभिएका छन्। यथास्थितिमा पास गर्नु नहुने भन्दै सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसी बिरुद्ध आन्दोलन गर्दै आएको छ।
त्यस्तै‚ सत्तारुढ अर्को दल राष्ट्रिय जनमोर्चाले एमसिसी नेपालको हितमा नभएको दाबी गर्दै कुनै पनि हालतमा एमसिसी पास गर्न नुहने अडान राख्दै आएको छ। थाहा खबर बाट सभार









Discussion about this post