साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बुधबार तोलामा ५०० रुपैयाँले घटेको सुनको भाउ आज बिहीबार भने तोलामा एकै दिन २५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँपुस्ता डटकमलाई जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९९००० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला रु ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ बढेसँगै आज चाँदीको भाउ पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post