एमसिसीविरुद्धको आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गाडीमा ढुंगा प्रहार गरेको घटनाको गृह मन्त्रालयले छानबिन भइरहेको जनाएको छ।
मन्त्रालयले मंगलबार एक विज्ञप्तिमार्फत त्यस्ता घटनामा संलग्न व्यक्तिहरु छानविनको क्रममा समेत रहेको जनाएको छ ।
एमसीसीको विरोधका क्रममा बानेश्वरमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली सवार गाडीमा फागुन ८ गते ढुंगा प्रहार भएको थियो ।
मन्त्रालयले प्रदर्शनको नाममा सामाजिक जीवनलाई अवरोध पुर्याउने कामहरु भएको भन्दै सांसदहरुलाई समेत संसद भवनमा आवागमनको क्रममा अवरोध गर्ने र अपमान गर्ने गतिविधि देखिएकाले त्यस्ता कार्य नगर्न सचेत गराएको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post