उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा दूरगामी महत्व राख्ने विषयलाई सहमतिबाट मात्र अघि बढाउन सरकारलाई आग्रह गरेका छन्। उपराष्ट्रपति पुनले सोमबार मातृभाषा राष्ट्रिय कविता महोत्वसलाई सम्बोधन गर्दै भने, ‘दूरगामी महत्वका बिषयमा राष्ट्रिय सहमति आवश्यक हुन्छ।’
पुनले देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरूमा मत भिन्नता हुनुले राम्रो सन्देश नजाने बताए। दूरगामी महत्वको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुने उनका भनाइ थियो।
‘अहिले देशभित्र विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयमा छलफल र मतभिन्नता देखिन्छ। दूरगामी महत्व राख्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुन्छ’, उनले भने, ‘सहमति नहुँदा यसले देशलाई राम्रो गर्दैन। यसमा हामीले विगतबाट पाठ पनि सिक्न सक्नुपर्छ। म यसतर्फ सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’ अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post