माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी माओवादी केन्द्र भएको दाबी गरेका छन्। सोमबार प्रचण्डले निवास खुमलटारमा कांग्रेस र नेकपा एमालेका कार्यकर्तालाई माओवादीमा प्रवेश गराउँदै यस्तो बताएका हुन्।
उनले मधेसी जनताकोअधिकारका लागि माओवादी लडेको चेतना फेरि फैलिदै गएको बताए । प्रचण्डले मधेसमा मात्र नभई देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको धारणा राखे।
नेकपा एमालेमा रहेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्। त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट प्रवेश गरेको माओवादीले जनाएको छ। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post