पूर्वप्रधानमन्त्रए एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ नुवाकोट आउने कार्यक्रम तय भएको छ। उनी आफ्ना समकक्षी नेता तथा पूर्वमन्त्री स्व. पोष्टबहादुर बोगटीको शालीक अनावरण गर्न नुवाकोटको पिपलटार आउने कार्यक्रम तय भएको हो।
प्रचण्ड विदुर नगरपालिका ५ पिपलटारमा निर्माण गरिएको स्व. बोगटीको पूर्ण कदको शालीक अनावरण गर्न फागुन १४ गते शनिबार आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र नुवाकोटले जनाएको छ।
प्रचण्ड नुवाकोट आउने कार्यक्रम पुष्टि गर्दै छलफलपश्चात् कार्यक्रम सम्पन्न गर्न विभिन्न समितिहरु बनाएर जिम्मेवारी बाँडफाडसमेत गरिएको माओवादी केन्द्रका नुवाकोट अध्यक्ष हिरानाथ खतिवडाले जानकारी दिए।
नुवाकोटको पिपलटारको खुल्ला स्थानमा पार्क तयार गरेर स्व. बोगटीको पूर्ण कदको शालीक स्थापना गरिएको छ। सक्रिय राजनीतिमा रहेकै बेला बोगटीको गत २०७१ साल भदौमा असामयिक निधन भएको थियो। देवचन्द्र भट्टले अन्नपूर्ण पोस्टमा लेखेका छन्।









Discussion about this post