Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कुनै शक्ति राष्ट्रको पक्षमा उभिन्नौं : माधव नेपाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ७, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने कुनै काम गर्न नदिइने बताएका छन् । शनिबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अमेरिका र चीनको अभिव्यक्ति गम्भीर रहेको बताए ।

तर आफूहरु कुनै पनि शक्ति राष्ट्रको पक्षमा नउभिने अध्यक्ष नेपालको भनाइ छ । ‘कुनै पनि शक्ति राष्ट्रले निर्माण गरेको ब्लकमा सामेल भइने छैन । नेपालको संविधान र कानुनलाई तल पार्ने काम गर्न दिइने छैन’, बैठकमा अध्यक्षले नेपालले राखेको धारणा उधृत गर्दै एक नेताले भने ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा नेपालका राजनीतिक दलहरुबीच विवाद बढ्दै गएका बेला अमेरिका र चीन दुबैले प्रतिक्रिया सार्वजनिक गरेका छन् । अमेरिकाले गत हप्ता नेपालमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतालाई टेलिफोन गरी एमसीसी अनुमोदन गर्न दबाब दिएको थियो ।

त्यसप्रति चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले अमेरिकाले एमसीसीमा बलजफ्ती कुटनीति अपनाएको प्रतिक्रिया दिएका थिए । ‘दुवै देशको अभिव्यक्ति गम्भीर हो । तर कसैको गठबन्धनमा नउभिनेमा प्रष्ट हुनुपर्छ’, ती नेताले अध्यक्ष नेपालको भनाइ सुनाए ।

अध्यक्ष नेपालले कसैको दबाबमा नभएर नेपाली जनताले आफ्नो स्वार्थमा निर्णय गर्न पाउनुपर्ने कुरामा चीन प्रष्ट भएको समेत बताए । ‘छिमेकीहरुको स्वार्थमा संवेदनशील हुनुपर्छ । हाम्रो भूमिबाट भएको गतिविधिले छिमेकीको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने काम गर्न दिदैनौं । तर कसैको गठबन्धनमा नरहेकोमा प्रष्ट हुनुपर्छ’, नेपालले बैठकमा भनेका छन् । शक्ति राष्ट्रको कुनै पनि ध्रुवमा उभिन्नौं भन्दा अमेरिका र चीन दुवैले आशंकाले हेर्न नहुने पनि अध्यक्ष नेपालको भनाइ छ ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले भने एमसीसी यथास्थितिमा अनुमोदन नगर्ने निर्णय गरेको छ । तर नेकपा एमालेले गरिरहेको संसद अवरोध हटेमा एमसीसी पेश गर्न दिइने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताए । ‘संसदको अवरोध हट्नुपर्छ । गठबन्धनमा सहमति हुनुपर्छ । एमसीसीबारे संसदमा छलफल गर्न खुला छौं’, खतिवडाले भने ।

बैठकमा सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा बनेको एमसीसी अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको थियो । अध्ययन कार्यदलले संशोधन गरेर मात्रै एमसीसी अनुमोदन गराउन सकिने निष्कर्ष प्रस्तुत गरेको छ । एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ ।

बैठकले एमसीसीकै कारण सत्तारुढ गठबन्धन नजोगिने परिस्थिति बन्न नदिने निर्णय गरेको खतिवडाले बताए । ‘अन्तिमसम्म गठबन्धन जोगाउन पहल गर्नेछौं । तर एमसीसीकै कारण गठबन्धनबाट कुनै दल बाहिरिन चाहेमा हामीले मात्रै रोक्न सक्ने कुरा भएन’, प्रवक्ता खतिवडा भन्छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी पेश गर्ने र अनुमोदन गर्ने निर्णय गरिसकेको छ । सत्ता साझेदार अर्को दल नेकपा माओवादी केन्द्रले भने एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व