Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

देउवा विदेशी कम्पनीसामु लम्पसार परे : भीम रावल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ५, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

नेकपा एमालेका नेता डा. भीम रावलले १४ वर्षदेखि अलपत्र माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय कम्पनी जीएमआरलाई थप समय दिने निर्णयमा आपत्ति जनाएका छन् ।

बिहीबार विज्ञप्ति जारी गरेर रावलले वित्तीय व्यवस्थापन लगायतका कामका लागि जीएमआरलाई फेरि दुई वर्षको समयावधि थप्ने निर्णयमा आपत्ति जनाएका हुन् ।

काम नगर्ने कम्पनीसँग सम्झौता तोड्नुको सट्टा समय थप्नु राष्ट्रिय हितमाथिको कुठाराघात भएको उनको तर्क छ । ’आयोजना विकास सम्झौता गरेको सात वर्ष वितिसक्दा आयोजनाको काममा जोड दिनुको साटो सम्झौताका प्रावधान विपरीत म्याद थप्नु प्रम शेरबहादुर देउवाले नेपालको राष्ट्रिय हितमाथि कुठाराघात गरेको र विदेशी कम्पनीका सामु लम्पसार परेको ठहर्छ,’ रावलले भनेका छन् ।

सम्झौताको तोकिएको अवधिभित्र काम नगर्दा थप्ने समय घटाएर पनि मोटामोटी हिसाब गर्दा जीएमआरले प्रतिमेघावाट प्रतिदिन १३८९ रुपैयाँका दरले नेपाललाई हालसम्म झण्डै डेढ अर्ब हर्जाना तिर्नुपर्ने उनको ठहर छ ।

जीएमआरले आयोजना नबनाउने केवल ओगटेर नेपालको उर्जा विकासमा अवरोध सिर्जना गरेको भन्दै रावलले देउवाले राष्ट्रिय हित र सम्झौताका प्रावधान विपरीत थप दुई वर्ष समय दिने निर्णय खेदजनक रहेको उल्लेख गरेका छन् ।

’सम्झौता विपरीत माथिल्लो कर्णाली जलविद्युत आयोजनामा राष्ट्रिय हितमा गरिएको आघातको निन्दा गर्दै यसलाई सच्याउन माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । माथिल्लो कर्णाली देशमै सबैभन्दा कम लागतमा ९ सय मेघावाट विद्युत उत्पादन गर्न सकिने आयोजना भए पनि विदेशी कम्पनीले आफ्नो स्वार्थमा १४ वर्ष अल्झाउँदा विकासमा अवरोध गरेको रावलले उल्लेख गरेका छन् । अन्नपूर्ण पोस्ट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३
बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता

बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता

असार ११, २०८३
मनसुन पूर्वतयारी कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन

मनसुन पूर्वतयारी कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन

असार ११, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनचाँदीको भाउ लगातार घट्दै, आज पनि गिरावट

असार ११, २०८३
मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

असार ११, २०८३
सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व