सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतले गर्यो ‘फ्री फायर’ सहित थप ५४ चिनियाँ एपमाथि प्रतिबन्ध

काठमाडौं ।   भारतले सुरक्षा खतरा देखाउँदै थप ५४ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । जसमा सी लिमिटेडको मार्क्यु गेम ‘फ्रि फायर’ समेत परेको छ ।

 

यसअघि सन् २०२० मा भारतले सयभन्दा बढी चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । जसमा पब्जी मोबाइल, टिकटक, विबो, विच्याट अलिएक्स्प्रेस लगायत थिए ।

सोही प्रक्रिया अपनाउँदै यतिबेला भारतले पुनः थप एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यममले जनाएका छन् ।

 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

प्रतिबन्ध हुने एपमा बास बुस्टर, क्यामकार्ड फर सेल्सफोर्स इन्ट, ब्युटी क्यामेराः स्वीट सेल्फी एचडी, ब्युटी क्यामरा– सेल्फी क्यामरा, एपलक, डुअल स्पेस लाइट, इक्वलाइजर र आइसोल्यान्ड २ः एशेज अफ टाइम लाइट, भिभा भिडियो एडिटर, टेन्सेन्ट एक्सरिभर, ओन्म्योजी चेस, ओन्मायोजी एरिना रहेका छन् ।

 

यस्ता चिनियाँ एपले प्रयोगकर्ताको डेटा संकलन गरी बाहिर पठाउने गरेको भारतको गुप्तचर निकायको दावी छ ।

 

 

(Source: techpana.com)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.