सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आजदेखि सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हट्यो

201
Sana Kishan

काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं‚ ललितपुर र भक्तपुरले सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी जोरबिजोर प्रणाली हटाएका छन्। तर‚ निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।

Arus
Karnali Traders

शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले सार्वजनिक सवारीसाधनमा लागु जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेको थियो। कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै स्थानीय प्रशासनले गत शुक्रबार उपत्यकामा जोरबिजोर प्रणाली लगाएको थियो। उक्त निर्णय व्यावहारिक नभएको भन्दै व्यापक आलोचना भएपछि प्रशासनले त्यसालाई हटाएको हो।

Nepali Khaja

प्रशासन कार्यालयले जारी गरेको सूचनामा विद्यालय भने माघ मसान्तसम्म बन्द गर्न भनिएको छ। विश्वविद्यालयका परीक्षा भने भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएको छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

5  +  5  =