सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

महाकाली साहित्य संगमका अध्यक्ष हरिश प्रसाद जोशीले गरे आमा बुवाको स्मृतिमा पुरस्कार स्थापना

306
Sana Kishan

महेन्द्रनगर । महाकाली साहित्य संगमका अध्यक्ष हरिश प्रसाद जोशीले बुवा आमाको सम्झनामा पुरस्कार स्थापना गरेका छन् । जोशीले बुवा दामोदर र आमा गंगाको सम्झनामा गंगा दामोदर जोशी स्मृति पुरस्कार स्थापना गरेका हुन् ।

Arus

अध्यक्ष जोशीले शुक्रबार पुरस्कार राशीको रकम ५० हजार मुद्दती खातामा जम्मा गरेका छन् । पुरस्कार राशी संगमका कोषाध्यक्ष लक्ष्मीकान्त भट्टलाई हस्तान्तरण गरेपछि खातामा जम्मा गरिएको छ ।

Nepali Khaja

मेघा बैंकमा खाता खोलेर पुरस्कार राशी जम्मा गरिएको छ । अध्यक्ष जोशीले साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुगाउने एक जनालाई पुरस्कार प्रदान गरिने बताए ।

‘साहित्य र सस्कृति विधामा योगदान पुगाउने एक जनालाई बर्सेनी पुरस्कार दिने गरी पुरस्कार राशी मुद्दती खातामा जम्मा गरिएको छ’ अध्यक्ष जोशीले भने, ‘५० हजारको ब्याज वापत आउने ५ हजार रुपैँया वर्षमा एक जना साहित्यकार संस्कृतिकर्मीलाई प्रदान गरिनेछ ।’

Karnali Traders

महाकाली साहित्य सङ्गमले मूल्याङ्कन गरी पुरस्कार प्रदान गर्ने अध्यक्ष जोशीले बताए ।

शिक्षण संगै साहित्य र संस्कृति क्षेत्रमा सक्रिय जोशीले सानैमा आमा बुवा गुमाएका थिए । उनले चार वर्षको हुँदा आमा र १४ वर्षमा बुवा गुमाएका थिए ।

स्वर्गिय जोशी दम्पत्तिका पाँच सन्तानमा उनी एक्ला छोरा हुन् । जोशी महेन्द्रनगरस्थित अमर सहित आधारभूत विद्यालयमा प्रधानाध्यापक छन् ।

जोशीलाई गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारले संस्कृति क्षेत्रमा पुगाएको योगदानको कदर गर्दै सम्मान गरेको थियो । बिकल्प दैनिक बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

29  +    =  35