

चक्र बमको प्रस्तुति रहेको ‘गोरी मोटी’ बोलको गीत सार्वजनिक भएको छ।
नेपाली गीत संगितमा फरक शैलीको गीत बनाएर छुट्टै पहिचान बनाउन सफल गायक चक्र बमको शब्द संगित र पुनिता प्रिया र चक्र बमको स्वर रहेको यस गीतमा केशव बडुको एरेन्ज र अजय कुमारको भोजपुरी शब्द अनुवाद रहेको यस गीतमा उमेश मुस्कान,कमल मगर र गोबिन्दले सामुहिक स्वर दिएका छन्।

सार्वजनिक गीतको भिडियोमा चक्र बम र मुस्कान चौधरीको मुख्य अभिनय रहेको छ भने उमेश मुस्कान र मनिष खड्काको समेत अभिनय देख्न सकिन्छ।


गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन, मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको यस गीतलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।
सार्वजनिक गीतको भिडियोलाई चक्र बमको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ। न्यूजअभियान बाट
