साताको छौटौँ दिन अर्थात आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। बिहीबार प्रतितोला ९०० रुपैयाँले घटेको सुनको भाउ आज शुक्रबार पनि तोलामा ९०० रुपैयाँलेको घटेको हो।
आज छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बिहीबार ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला रु ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post