Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

संविधानले व्यवस्था गरेअनुसार नै सबै तहको निर्वाचन हुन्छ : सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १२, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरिने बताएका छन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनताको सार्वभौमिक अधिकारलाई अक्षुण्ण राख्दै जनताका भावनाअनुसार निर्वाचन समयमा सम्पन्न हुने विश्वास दिलाए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, ‘हामी मुलुकको आन्तरिक एकतालाई मजबुद बनाएर अघि बढ्न चाहन्छौं, प्रमुख प्रतिपक्षी दलले लामो समयदेखि संसद् अवरुद्ध गरेको छ, यी सबै कुरा संसद‍्मै छलफल हुने जनतासँग सम्बन्धित विषय हुन् ।’

संसद्लाई प्रभावकारी बनाउने दायित्व सरकारको मात्र नभई प्रमुख प्रतिपक्षीको पनि भएको बताउँदै उनले एमाले लामो प्रजातान्त्रिक अभ्यासबाट आएको दल हुनाले यो मुद्दालाई राजनीतिको विषयवस्तु बनाएर जनतामा भ्रम सृजना नगर्न सुझाव दिए ।

मन्त्री कार्कीले भने, ‘निर्वाचन, आवधिक निर्वाचनको सिद्धान्त र महत्त्वप्रति सरकार पूर्णरुपले जानकार छ । वर्तमान सरकारले लोकतन्त्रका मूल्यमान्यता, मर्म र संविधानको भावनाअनुसार मुलुकलाई अगाडि बढाउँछ ।’

सिंहदरबारको अधिकार र सिंहदरबारले प्रदान गर्ने सेवा सुविधा स्थानीय तहमै पु¥याउने परिकल्पना संविधानले गरेको बताउँदै मन्त्री कार्कीले भने, ‘त्यो अधिकार र सेवालाई अझ प्रभावकारी बनाउने दिशामा यो सरकार प्रतिबद्ध छ ।’

उनले सरकारले संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको निर्वाचनको व्यवस्था गर्ने र निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे ।
संविधान र कानुनमा रहेका अन्तरद्वन्द्वले केही दुविधा ल्याएकाले प्रधानमन्त्रीको उपस्थितिमा बसेको पाँच दलीय उच्चस्तरीय राजनीतिक सयन्त्रको बैठकमा कानुनविद्सँग पनि परामर्श भएको मन्त्री कार्कीले बताए । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल
फ्ल्यास हेडिङ

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

अशोज १०, २०८३
एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास
फ्ल्यास हेडिङ

एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास

अशोज १०, २०८३
भोटेकोशी बाढी विश्वकै लागि चेतावनी : प्रधानमन्त्री शाह
फ्ल्यास हेडिङ

भोटेकोशी बाढी विश्वकै लागि चेतावनी : प्रधानमन्त्री शाह

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल समूहविजेता, क्वार्टरफाइनलमा श्रीलंकासँग भिड्ने

नेपाल समूहविजेता, क्वार्टरफाइनलमा श्रीलंकासँग भिड्ने

अशोज १०, २०८३
आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

अशोज १०, २०८३
परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

अशोज १०, २०८३
एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास

एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास

अशोज १०, २०८३
सोह्रश्राद्ध : पितृस्मरण र सम्मानको सनातन परम्परा

सोह्रश्राद्ध : पितृस्मरण र सम्मानको सनातन परम्परा

अशोज १०, २०८३
वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

अशोज ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व