Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अर्थतन्त्र धराशायी भयो भन्नेहरूलाई कामबाट जवाफ दिन्छौँ : अर्थमन्त्री जनार्दन शर्मा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १२, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र धराशायी भयो भन्नेहरूलाई सरकारले कामबाट जवाफ दिने बताउनुभएको छ । आज बुधवार ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार महसुलको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको सुरुवात गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री शर्माले अहिले अन्तर्राष्ट्रिय मूल्य वृद्धिको शृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउनुहुँदै अर्थतन्त्र धराशायी नभएको बताउनुभयो । कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेको भन्दै त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने उहाँले दाबी गर्नुभयो ।

’ई–पेमेन्ट’ सँगै नयाँ युगको सुरुवात

भन्सार महसुलको ’ई–पेमेन्ट’ प्रणालीको सुरुवात भएसँगै इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनबाट नै तिर्न सक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । योसँगै ‘नयाँ युग’ को सुरुवात भएको पनि उहाँले बताउनुभयो ।

‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्त्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उहाँले भन्नुभयो, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ त्यस्तै मन्त्री शर्माले भन्सार विन्दुमा चाँडै ’भेइकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिनुभयो । उहाँले भन्सारको निरन्तर सुधार अन्तर्गत भेइकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

मन्त्री शर्माले भेइकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गर्नुभयो । सबै वस्तु आवश्यक पर्ने मात्र नआउने भन्नुहुँदै उहाँले नेपाल र छिमेकी देशको सुरक्षामा खतरा हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्त्वपूर्ण हुने उल्लेख गर्नुभएको हो ।

उहाँले भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेअनुसार अन्तर्राष्ट्रिय मापदण्डको क्वरेण्टीन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । साथै निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझावहरू सकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने पनि मन्त्री शर्माले विश्वास दिलाउनुभयो ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्नुहुँदै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने भन्नुहुँदै यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचो समेत औँल्याउनुभयो ।

निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्याङ्कन सुधार गर्नुपर्ने माग गर्नुभयो । परम्परागत प्रणालीबाट नै मूल्याङ्कन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको उहाँले जिकिर गर्नुभयो । यस कारण नयाँ पुस्तालाई व्यवसायमा आउन निरुत्साहित भइरहेको अध्यक्ष अग्रवालले गर्नुभयो ।

हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै आइएको छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल
देश/राष्ट्रिय

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

अशोज ९, २०८३
भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र
देश/राष्ट्रिय

भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र

अशोज ७, २०८३
सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
देश/राष्ट्रिय

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सप्तकोशीमा यस वर्षकै उच्च बहाव, ४२ ढोका खोलिए

सप्तकोशीमा यस वर्षकै उच्च बहाव, ४२ ढोका खोलिए

अशोज १०, २०८३
राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

अशोज १०, २०८३
भारी वर्षाले ११ राजमार्ग अवरुद्ध

भारी वर्षाले ११ राजमार्ग अवरुद्ध

अशोज १०, २०८३
नेपाल समूहविजेता, क्वार्टरफाइनलमा श्रीलंकासँग भिड्ने

नेपाल समूहविजेता, क्वार्टरफाइनलमा श्रीलंकासँग भिड्ने

अशोज १०, २०८३
आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

अशोज १०, २०८३
परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

अशोज १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व