

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो। जसमध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ जना रहेको छ भने पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ जना रहेको छ ।


आगामी ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहे पनि कोरोनाका कारण थप समय लाग्ने अनुमान गरिएको विभागले जनाएको छ। गोदावरी न्युज बाट सभार

