सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिटामोल सहज बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी

सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो।

अधिवक्ता टीकाबहादुर कुँवरलगायतले रिट दायर गरेका थिए। आदेशमा कोरोना संक्रमणको समयमा उपचारमा आवश्यक पर्ने सिटामोललगायतका औषधिको सहज र विशेष प्रबन्ध मिलाउन भनिएको छ।

Sana Kishan

आदेशमा भनिएको छ, ‘सिटामोल÷प्यारासिटामोल लगायत अन्य औषधीहरुको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनु भनी विपक्षीहरुको नाउँमा यो आदेश जारी गरिदिएको छ। साथै यस सम्बन्धमा नेपाल सरकारबाट औषधीको सहज वितरणका सम्बन्धमा भए गरेका काम कारवाहीहरुको विवरणको प्रतिवेदन लिई मिति २०७८।१०।१७ गते महान्यायाधिवक्ताक्ने कार्यालयलाई छलफलको लागि उपस्थित हुन आउनु भनी विपक्षीहरुलाई सूचना दिई नियमानुसार गरी पेश गर्ने ।’ अन्नपूर्ण पोस्ट बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.