नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो मोहरा बनाएको आरोप लगाएका छन्।
पाँच दलीय गठबन्धनले आइतबार बसेको बैठकबाट आगामी वैशाखमा स्थानीय तह निर्वाचन नगर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमा आक्रोश पोख्दै देउवाकै कारण २०५८ सालमा प्रतिगमन भएको जिकिर गरेका छन्।
देउवाले २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिदिएका थिए। त्यसपछि ०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवा चुनाव गराउन असक्षम रहेको घोषणा गर्दै देउवालाई बर्खास्त गरेका थिए।
त्यही प्रसंगलाई लिएर महासचिव पोखरेलले देउवामाथि आक्रोश पोख्दै अहिले प्रचण्डको मोहरा बनेको आरोप लगाएका हुन्।
‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो’, पोखरेलले लेखेका छन्, ‘आज पुनः देउवालाई मोहरा बनाइँदैछ। हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड। थाहा खबर बाट सभार









Discussion about this post