सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केपी शर्मा ओली ओलीको प्रश्न : २४ लाखभन्दा बढी मात्रामा खोप कसले लुकायो वा बेच्यो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गैरजिम्मेवारीकै कारण कोरोनाविरुद्धको खोप हराएको आरोप लगाएका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ‘कोभिड महामारीको नयाँ लहरले जनजीवन फेरि आक्रान्त हुन थालेको छ। पूर्ववर्ती सरकारले शून्यबाट सुरु गरेर ८० भन्दा बढी कोभिड प्रयोगशाला, दर्जनौं कोभिड अस्पताल, हजारौं शय्या, अक्सिजन प्लान्ट, थप पूर्वाधार एवं पर्याप्त खोपको प्रबन्ध गरेको थियो।’

सरकार महामारीको नयाँ लहरमा गैरजिम्मेवार र निष्प्रभावी देखिएको आरोप लगाएका छन्।

World Link Ads
Mahakali Polytechnic

२४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरूले नै दिइरहेको उल्लेख गर्दै प्रश्न गरेका छन्, ‘कहाँ गयो त्यति धेरै मात्राको खोप? कसले लुकायो वा बेच्यो? यसका लागि को जिम्मेवार? एकातिर यति ठूलो मात्रामा खोप गायब पारिएको छ भने अर्कातिर भण्डारमा भएको खोपको सही वितरण हुन नसक्दा हजारौँ नागरिक खोपबाट वञ्चित छन्।’

Sana Kishan

खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोलसमेत उपलब्ध गराउन नसक्नुले सरकार गैरजिम्मेवार भएको स्पष्ट भएको उल्लेख गरेका छन्।

पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेकोमा हालसम्म यो संख्या ४० प्रतिशत मात्र पुगेको बताएका छन्।

‘अघिल्लो सरकारले व्यवस्था गरिदिएका खोपको आपूर्ति, व्यवस्थापन, भण्डारण र वितरण पनि राम्ररी गर्न असक्षम वर्तमान सरकारले तुलनात्मक रूपमा सहज अवस्थामा समेत नागरिकलाई पर्याप्त मात्रामा खोप लगाउन नसकिरहेका वेला सार्वजनिक सेवा उपयोगका लागि खोप कार्ड अनिवार्य भनेर हास्यास्पद र विभेदकारी कदम चालेको छ’‚ ओलीले भनेका छन्। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.