बाजुरा– जिल्लामा जङ्गली भालुको आक्रमणमा परि एक महिला घाईते भएकी छन । घाईते हुनेमा जिल्लाको बुढिगंगा नगरपालिका ४ खडालवाडाकी ४८ बर्षिया नन्दा रावत घाईते भएकी हुन् ।
शनिबार बिहान घर नजिकै भालुले आक्रमण गरेको उनका छोरा राजेन्द्र रावतले जानकारी दिएका छन । भालुको आक्रमणबाट उनलाई टाउको, तिघ्रा लगायत शरिरका बिभिन्न ठाउँमा गहिरो चोट लागेको रावतले बताएका छन ।
उनलाई थप प्राथमिक उपचारका लागी टाटेँ स्वास्थ्य चौकीमा लगिएको पारिवारिक श्रोतले जनाएको छ । गोदावरी न्युज बाट सभार







Discussion about this post